ट्वीटरको नयाँ सेफ्टी क्यालेन्डर, घृणा फैलाउने सामाग्रीमा रोक



काठमाडौं । आफ्नो प्लेटफर्मको सुरक्षाका लागि ट्वीटरले नयाँ सेफ्टी क्यालेन्डर जारी गरेको छ ।

यो क्यालेन्डरले घृणा फैलाउने खालका सामाग्रीहरु, दूरुपयोग हुने खालका नियमहरु र त्यसबाट हुने भविष्यका परिवर्तनलाई वर्णन गर्ने छ ।
जो मानिसहरुले नियमको उलंघन गर्नेछन् ट्वीटरले उनीहरुलाई कसरी सम्पर्क गर्नेछ र प्रवर्तन तथा प्रक्रियाले कसरी काम गर्ने छ भन्ने बारेमा क्यालेन्डरमा उल्लेख छ ।

लगभग ३२ करोड ८ लाख मानिसहरुले हाल ट्वीटर प्रयोग गर्ने गर्छन् । ट्वीटरको प्लेटर्फममा घृणा फैलाउने खालको वा अपमानजनक सामाग्री पोस्ट हुने कुरालाई लिएर प्राय धेरै आलोचना हुने गर्छ ।

कम्पनीले केही दिनअघि एउटा ब्लग पोस्टमा भनेको छ, ‘हामीले पहिला नै भनेका थियौँ कि हामी ट्वीटरलाई एउटा सुरक्षित स्थान बनाउने प्रयासमा छौँ । हुन त यो तुरुन्तै हुने कुरा हैन । तर, हामी यसलाई चाँडै ल्याउने प्रतिबद्धता जनाउँछौँ ।’

यसमा भनिएको छ कि ‘आजको दिनपछि तपाइलाई नियमित रुपमा हाम्रो प्रगतिको रियल टाइम जानकारी मिल्ने छ ।’

ट्विटरका मुख्य कार्यकारी अधिकारी जैक डोरसेले ट्वीट गर्दै नियमलाई लगातार व्याख्या र कार्यान्वयन गर्ने कम्पनीकोे उद्देश्य रहेको जानकारी दिएका छन् ।


क्लिकमान्डु