टाटा ग्रुपमा कर्पोरेट वारः रतनले मिस्त्रीलाई स्पष्टिकरण दिने मौका पनि दिएनन्




दिल्ली । साइरस मिस्त्रीलाई टाटा ग्रुपको अध्यक्षबाट हटाउनुको कारण केही मिनेटमै तयार भएको खुलेको छ ।

‘मिस्त्रीसँग न कुुनै स्पष्टिकरण मागियो, न मिस्त्रीलाई आफ्नो भनाइ राख्न दिइयो,’ टाटा सन्सको ग्रुप एग्जिक्यूटिभ काउन्सिल जीइसीको पूर्व मेम्बर निर्मल्या कुमारले आफ्नो ब्लगमा लेखेका छन् । उनको ब्लगबारे टाटा ग्रुपबाट आधिकारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन ।

निर्मल्या कुमारले आफ्नो ब्लगमा ‘कसरी साइरस मिस्त्रीलाई निकालियो ?’ भन्ने शिर्षकमा एउटा लेख लेखेका छन् । यसमा एक वर्ष पहिला २४ अक्टूबर २०१६ मा मिस्त्रीलाई टाटा सन्सको अध्यक्ष पदबाट हटाउने क्रममा भएको घटनाक्रमलाई उल्लेख गरिएको छ । मिस्त्रीले अध्यक्ष बनेपछी जीइसी गठन गरेका थिए । जसमा निर्मल्या कुमारलाई मेम्बरमा राखिएको थियो ।

कुमार अहिले लिङ्कन चेन स्कूल अफ बिज्नेस, सिंगापुर म्यानेजमेन्ट यूनिभर्सिटीमा मार्केटिङ प्रोफेसर र इनसिढ इमर्जिंग मार्केट इन्स्टिच्यूटको डिस्टिंग्यूज्ड फेलोको रुपमा कर्यरत छन् ।

उनले एक वर्ष पहिले १०३ अर्ब डलरको टाटा हाउसको हेडक्वाटर्स बम्बे हाउसको चौथो तलामा भएको बोर्ड मिटिङको कुराकानी विस्तृतमा लेखेका छन् ।

रतनले मागे मिस्त्रीसँग राजीनामा
साइरस मिस्त्री गएको वर्ष २४ अक्टुबरमा सधै जसो बम्बे हाउसको चौथो तल्लामा रहेको आफ्नो अफिसमा बस्थे । उनी त्यस समय आश्चर्यमा परेका थिए, जब रतन टाटा र टाटा सन्सको बोर्ड मेम्बर नितिन नोहरिया उनको अफिसमा आएका थिए । र, मिस्त्रीको अगाडि बसेका थिए ।

उनीसँग पहिला राजिनामा मागियो, नत्र बोर्ड मिटिङमा उनलाई हटाउने कुरा रतन टाटाले नम्रताका साथ भने । त्यसको उत्तरमा मिस्त्रीले टाटालाई भने ‘तपाइलाई जे गर्न पनि अधिकार छ ।’
‘साइरस मिस्त्रीले शान्त तरिकाले भने, तपाई बोर्ड मिटिङ बोलाउनको लागि स्वतन्त्र हुनुहुन्छ, र म पनि त्यही गर्छु, जे मलाई ठिक लाग्छ ।’

त्यसपछि नोहरिया र टाटा बोर्डरुम तर्फ गए । साइरसले तुरुन्तै अफ्नी श्रीमती रोहिकालाई टेक्स्ट म्यासेज पठाए ‘मलाई हटाइदै छ’ त्यसपछि उनी बोर्ड रुमतर्फ गए ।

६ बोर्ड मेम्बरले मिस्त्रीलाई हटाउनको लागि गरे भोट
बोर्डको ८ सदस्यमध्ये ६ जनाले मिस्त्रीलाई हटाउनको लागि भोट दिएका थिए । जसमा ३ ट्रस्ट मनोनित सदस्यहरु विजय सिंह, अमिर चन्द्रा र नितिन नोहरिया र ३ इन्डिपेन्डेन्ट डाइरेक्टर अजय पिरामल, रोनेन सेन र वेणु श्री निवासन थिए ।

तब नै टाटा सन्सले एक अन्य इन्डिपेन्डेनट डाइरेक्टर फरिदा खभाटा र फाइनान्स डाइरेक्टर इशात हुसेन भोटिङबाट छुट्टिए । अर्थात ८ जनामध्ये ६ जनाले हटाउने पक्षमा भोट दिए । र, २ जना तटस्थ बसे ।

सो मिटिङको विजय सिंहले अध्यक्षता गरे । त्यसपछि श्रीनिवासनले बैठकको एजेण्डामा केही अन्य बिषय समाबेस गर्न प्रस्ताव गरे, जुन पहिला नै सर्कुलेट गरिएको एजेन्डामा समाबेस थियो । यसरी थप गरिएको बिषय मिस्त्रीलाई अध्यक्ष पदबाट हटाउने थियो । उनलाई हटाइयो पनि ।

मिस्त्रीसँगै हटाइए ३ जीइसी मेम्बर
त्यस समय कुमारसँगै जीइसीका २ अन्य मेम्बर एनएस राजन र हरिश भट्ट ताज प्रेसिडेन्टमा भैरहेको एक कार्यक्रममा थिए, जहाँ उनीहरु टाटाको १ सय युवा एग्जीक्यूटिव्सको प्रश्नको जवाफ दिरहेका थिए । मिस्त्रीलाई अचानक हटाउन लागिएको निर्णय सुनेर अचम्ममा परेका ३ नै जना जीइसी मेम्बर कुमारको अपार्टमेन्टमा पुगे । उनीहरुले टेलिभिजन खोले । र, सबै च्यानलमा आइरहेको मिस्त्री र तीन जिइसी मेम्बरलाई हटाइएको समाचारबाट अचम्ममा परेका थिए । एजेन्सीको सहयोगमा


क्लिकमान्डु