यी ५ गुण तपार्इँमा छ भने धनी बन्न कसैले रोक्न सक्दैन




काठमाडौं । विश्वभरका सफल मानिससँग गरिएको अध्यनले कुनैपनि मानिस धनीबन्न उसको भग्यभन्दा मेहेनत र रणनीति मुख्य हुने देखिएको छ । ब्लगर वाले डेन शाबवेलले गरेको अध्यनले यस्तो नतिजा देखाएको हो ।

रिपोर्टको अनुसार पैत्रिक सम्पतिको आधारमा मात्रै मानिस धेरै धनी बन्न नसक्ने देखाएको हो । अमेरीकामा धनी बनेका ७७ प्रतिशत मानिस ‘मिडिल क्लास फ्यामली’बाट माथि उठेर धनी बनेको उनको सर्बेले देखाएको छ ।

त्यसमध्ये १९ प्रतिशत मानिसले त गरिबमा आफ्नो बाल्यकाल बिताएको रिपोर्टमा उल्लेख छ । त्यसै रिपोर्टलाई आधारमान्दा संसारका धेरै जसो धनी मानिस पैत्रिक सम्पतिले नभएर आफ्नो मेहेनतले धनी भएको देखाएको हो ।

शाबवेलका अनुसार धनी मानिसका केही यस्ता बानी हुन्छन् जसले आफ्नो रणनीति र मेहेनतले धन आर्जन गर्न सफल भएका हुन्छन् । उनले यो रिपोर्ट तयार पार्दा करिब १२ सय प्रोफेसनल, सिइओ, सेलिब्रेटी, राजनेता, लेखक र व्यवसायीसँग कुरा गरेका थिए ।
उनको रिपोर्टबाट तपाईमा पनि धनी बन्नेकोलागि आवस्यक गुण छ वा छैन बुझनसक्नु हुन्छ ।

तपाईमा यी गुण छ भने धनी बन्न सक्नुहुन्छ:

१. ठुला सपना नदेख्नुः आकाशबाट तारा टिपेर ल्याउने किसिमको सपना नबनाउँनुहोस् । यर्थातमा पुरा गर्नसक्ने रणनीति बनाउनुहोस् । बिहान उठेर हरेक दिन गर्ने कामको प्लान बनाउनुहोस् । आफुले बनाएको प्लान अक्षरस कार्यान्वयन गर्न ध्यान दिनुहोस् ।

२. असफलतासँग नडराउनुः धनी बन्ने सपना बुन्नु भएको छ भने, कामगर्दा हुनसक्ने असफलतासंग नडराउनुहोस् । असफलताले निराश नबन्नुस् त्यहीबाट सफलको बाटो पहिल्याउनुहोस् । असफलताले नै फलताको बाटो देखाउँछ । जसले तपाईको निर्णय लिनसक्ने क्षमताको वृद्धि गराउँछ ।

३. भाग्यमा भन्दा आफुमाथि विस्वस गर्नुः सफलता प्राप्तगर्न यो कदम अत्यन्त महत्वपूर्ण हुन्छ । जो मानिस आफ्नो किस्मत आफै लेख्न लागि पर्छ उसको सफलतालाई कसैले रोक्न सक्दैन । कर्ममा विस्वास गर्ने मानिस समय भन्दा अगाडि सोच्ने क्षमता राख्छ ।

४. आफै प्रति जबाफदेयी बन्नुः धनीबन्न जबाफदेहीताको निकै ठुलो भूमिका हुन्छ । यदि आफै जबाफदेही बन्न सकेन भने उसले कुनैपनि काम सहितरिकाले गर्नै सक्दैन ।

जबाफदेही मानिसले आफैप्रति भरोसा बढीगर्छ । कठिन समयमा समेत त्यसको सहज सामना गर्न उसलाई कसैले रोक्न सक्दैन । गल्ती नभएपनि त्यसको जिम्बेवारी लिन यस्ता मानिस पछि हट्दैनन् ।

५. आफ्नो कुरा राख्ने क्षमताः सफलता चुम्न सक्षम मानिससँग आफ्नो कुरा सबैले बुझनेगरि राख्ने क्षेमता हुन्छ । उसले जस्तो सुकै कठिन समयमा पनि आफ्नो कुरालाई सहज र सरल तरिकाले राख्न सक्छ । जसको कारण उसले सफलता प्राप्त गर्न सक्छ ।

यदि यी ५ गुण तपाईमा छ भने तपाईलाई धनी बन्नबाट कसैले रोक्न सक्दैन । एजेन्सीको सहयोगमा 


क्लिकमान्डु