तिहारमा पटेकाको ब्यापार र यस्ता छन् पड्काउदा लाग्न सक्ने रोग



काठमाडौं । हरेक वर्ष तिहारको समयमा मानिसहरु, धेरै जसो बच्चाहरु तिहारको केही दिन अघिदेखि नै पटेका पट्काउन सुरु गर्छन । तिहारको दिन पटेका पट्कायर जती खुसी मनए पनी केही दिनपछि भने बिमारी हुने गर्छन । आज हामी तिहारमा पटेका पट्काउनु तपाइको स्वास्थ्यका लागि कतिको हानिकारक छ बताउँदै छौँ ।

पटेकामा केमिकलको प्रयोग: पटेका बनाउँदा धेरै प्रकारको केमिकलको प्रयोग गरिने हुन्छ । जस्तै कैडियम, लेड, मैग्नेशियम, सोडियम, जिन्क, नाइट्रेट र नाइट्राइटको प्रयोगबाट पटेका बनाइएको हुन्छ । यी केमिकलहरु स्वास्थ्यका लागि हानिकारक हुने गर्छ ।

पटेकाबाट हुने समस्याहरु:

१, यी केमिकल्सबाट बनेको पटेकाको आवाज पनि १२५ डेसिबलभन्दा धेरै हुने गर्छ । जसले गर्दा कोही पनि सजिदै बहिरो हुन सक्छन् । कहिलेकाही यो बहिरोपन सधैको लागि पनि हुने गर्छ । सामान्य दिनमा आवजको स्तर ५५ र राति ४५ डेसिबलको हुने गर्छ । तर, तिहाको समयमा यसको स्तर ७० देखि ९० पुग्ने हुँदा कानको जाली फुट्न सक्ने हुन्छ ।

२, पटेकाबाट निस्किने झिल्काले आँखा र मुहार जल्न पनि सक्छ ।

३, यसको धुवाले स्वासप्रस्वास सम्बन्धी बिमारी हुनु एउटा सामान्य कुरा नै बनिसकेको छ । दम भएका मानिसहरुलाई पटेकाको धुवाले समस्या पर्न सक्छ । खासगरी पटेकाबाट निस्किने सल्फर डाई अक्साइड र नाइट्रोजन डाई अक्साइड ग्यास र लेडसहित अन्य केमिकलका कारणले दम भएका मानिसहरुलाई धेरै समस्या हुने गर्छ । यी केमिकल र ग्यासको मात्रा अधिकतम हुनाले सासफर्ने पाइप सुखा हुने गर्छ । जसको कारणले बिमारी मानिसलाई सास फेर्न गारो हुने गर्छ ।

४, गर्भवती महिलाहरुको लागि त झन पटेका धेरै हानिकारक चिज हो । पटेकाबाट निस्किने सल्फर डाइआक्साइड र नाइट्रोजन डाइआक्साइड ग्यास हावामा मिसिएर जाने हुँदा आमा र बच्चा दुबैलाई समस्या पर्न सक्छ ।

५, पटेकाको धुवाले खोकी, फोक्सो सम्बन्धी समस्या, आँखाको समस्या, दम, घाटीको समस्या, मुटु सम्बन्धी समस्या, हाइ ब्लड प्रेसर, नाकको एलर्जी, ब्रोकाइटिस र निमोनिया पनी हुन सक्छ ।

६, पटेकाको करणले हस्पीटलमा भएका बिमारी, वृद्ध र पशुपन्छिलाई पनि समस्या पर्न सक्छ ।

७, धेरै पटक पटेका पट्काउने क्रममा मानिसहरुले आफ्नो हात, आँखा र अनुहार पनी गुमाउनु परेको छ ।

८, केही मानिसहरु पटेकाबाट निस्कीने आवाज र धुवाका कारण त्रसिद, एलर्जी, उल्टी र नव्र्स हुने गर्छन् ।


क्लिकमान्डु