मिठाई खाँदा ध्यान दिनुस्, गुलियोले यस्तो रोग निम्त्याउँछ



काठमाडौं । तिहार भन्ने बित्तैकै गुलियो मिठाई र सेल रोटीको सम्झना गरिहाल्छौ । हामिलाई अत्याधिक गुलीयो राखिएको र रङगी बिरङगी मिठाई नै मन पर्छ । तर यस्तो मिठाईले हाम्रो स्वास्थ्यलाई हानि पुर्यारहेको हुन्छ ।

त्यसमा पनि पसलमा राखिएका मिठाईका परिकारमा कृतिम गुलियो राखिने भएकाले झनै हानिकारक हुन्छ । तिहारमा गुलियो खानु भन्दा अगाडी ध्यान दिनुस् ।

१, यसबाट बच्न तपाईहरु भरसक पसका अत्याधिक गुलियो मिठाई नकिन्नुहोस् । या कृतिम गुलियो राखेको हो या हैन राम्ररी बुझेर मात्र किन्नुहोस् ।

२, गुलियो खानेकुरा धेरै खानुभयो भने तपाईलाई सुगर हुन सक्छ । त्यस्ता मिठाई तथा परिकार खाएपछि निरन्तर थकान महशुस हुनसक्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

३, तपाई जति गुलियो कुरा खानु हुन्छ ,उती नै लत लाग्छ । जति गुलियो खायो उति खाउ लाग्ने भएकाले निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

४, गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ ।

५, धेरै गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

६, अर्को समस्या धेरै गुलियो खादा रुघाखोकिको संक्रमण हुने गर्छ । गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

७, गुलियो खानेकुरा, मिठाई जस्ता परिकार धेरै खायो भने मोटोपन बढ्ने हुन्छ । तपाईले निरन्तर गुलियो खानेगर्नुभयो भने केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ ।

तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ ।


क्लिकमान्डु