चुनाव गर्न सर्बोच्चले बाटो खोल्यो



काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाको मतपत्र फरक बनाउनुपर्ने माग राख्दै दायर भएको रिटमा सर्बोच्च अदालतले अन्तरिम आदेश दिएन ।

राजपाका नेता सर्वेन्द्रनाथ शुल्काले दायर गरेको रिटमा न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको सयुक्त इजलाशले रिट निवेदन अनुसार अन्तरिम आदेश दिएन ।

निर्वाचन आयोगमा दलहरुले प्रतिनिधि सभाको समानुपातिकको लागि बन्द सूचि पेश गरिसकेका छन् ।

पहिलो चरणमा हुन लागेको मंसिर १० मा हुने निर्वाचनको लागि कात्तिक ५ मा प्रत्यक्ष तर्फको उम्मेद्वार मनोनयन गर्नुपर्ने निर्वाचन आयोगले कार्य तालिका बनाएको छ ।

माओवादीले निर्वाचन सार्ने खेल भएको भन्दै सरकारबाट हट्न मानेको थिएन ।
माओवादीले सर्बोच्चमा मतपत्र फरक बनाउनुपर्ने भन्दै दायर भएको रिटमा सर्बोच्चले रिट निवेदन अनुसार फैसला आउने र चुनाव सार्ने खेल भएको बताएको थियो ।

सर्बोच्चको फैसलासँगै निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार निर्वाचन गर्न बाटो खुल्ला भएको छ ।


क्लिकमान्डु