राजेन्द्र राईका रिसले भोजपूरबाट बाहिरिदै एमाले




काठमाडौं । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले बाम तालमेलको घोषणा गरेर टिकट बाडफाँटको प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् ।

टिकट वितरण कार्यदलमा रहेका एमाले नेताहरुको गतिबिधिले आफूहरु चकित भएको एमाले कार्यकर्ता बताउन थालेका छन् भने माओवादी कै नेताहरुले असजिलो महसुस गर्न थालेका छन् ।

एमाले र माओबादीले भोजपूर जिल्लामा गर्न लागेको तालमेलका विषयमा एमाले बृत्तबाट ब्यापक विरोध हुन थालेको छ । एमालेले भोजपुर जिल्लालाई आफ्नो उर्बरभूमी बताउँदै आएको छ । २०७० सालको संबिधानसभा निर्वाचनमा त्यहाँका दुबै सिट एमालेले भारी मत अन्तरले जितेको थियो । स्थानीय तहको निर्वाचनमा पनि भोजपुरमा एमालेले आफ्नो वर्चश्व कायमै राख्यो । तर, अहिले भोजपुर जिल्ला माओवादीलाई जिम्मा लगाउने तयारी भैरहेको एमाले कार्यकर्ताको आरोप छ ।

एमाले एक्लै निर्वाचनमा भिड्दा पनि सहजै जित्ने जिल्ला माओबादीलाई सुम्पनुको कारण एमाले कार्यकर्ताले खोज्न थालेको एक नेताले बताए ।

माधव नेपालका विश्वास पात्रका रुपमा हेरिएका राईले टिकट पाउने निश्चित जस्तै भएपछि टिकट बाडफाँट कार्यदलमा रहेका एमाले नेताहरुकै जोडबलमा भोजपुर जिल्ला माओवादीलाई दिने सहमति भएको हो ।

सिट बाडफाँट कार्यदलमा रहेका एमाले महासचिव इश्वर पोखरेलकै अगुवाईमा एमालेले भोजपुर जस्तो उर्बरभूमिमा माओवादीलाई जिम्मा लगाउन लागेको एमाले कार्यकर्ताको आरोप छ । एमालेले भोजपुर माओवादीलाई दिएर संखुवासभा मागेको बताइएको छ । जबकि संखुवासभामा जनमतका हिसाबले काँग्रेस पहिलो र एमाले दोश्रो स्थानमा छन् ।

२०७० सालको संबिधानसभा निर्वाचनमा पनि संखुवासभाका दुबै सिटमा एमाले पराजित भएको थियो । गत संबिधानसभा निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका राजेन्द्र गौतमलाई फेरि उम्मेदवार बनाउन एमालेले भोजपुर माओवादीलाई सुम्पने तयारी गरेको बताइएको छ । त्यसका लागि एमाले महासचिव इश्वर पोखरेल आफैंले अडान लिईरहेका छन् ।

‘माओवादीले कार्यदलको बैठकमा संखुवासभाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र आफुलाई चाहिने बताएको थियो । तर, महासचिब पोखरेलले संखुवासभाको साटो भोजपुर दिने बताए,’ एमाले श्रोतले भन्यो ।

श्रोतका अनुसार महासचिव इश्वर पोखरेलकै जोडबलमा संखुवासभाको मागबाट माओवादी पछि हटेर भोजपुर लिन तयार भएको हो ।

माओवादीलाई भोजपुर सुम्पन किन तयार भयो एमाले ?
प्रतिनिधिसभाका लागि भोजपुरबाट एमाले केन्द्रिय सदस्य राजेन्द्र राई र सांसद कृपाशुर शेर्पा लगायतका नेताहरु सिफारिसमा परेका छन् । पुर्वमन्त्री समेत रहेका एक नम्बर प्रदेशका सह इञ्चार्ज शेरधन राईले मुख्य मन्त्री बन्ने आसमा प्रदेशसभा रोजिसकेका छन् । कृपाशुर शेर्पा पछिल्लो पटक बिभिन्न विवादमा परेका थिए । त्यसैले भोजपुरमा राजेन्द्र राईले टिकट पाउने निश्चित जस्तै भएको थियो । राईले पछिल्ला बर्षहरुमा आफ्नो अधिकांश समय भोजपुरमै बिताईरहेका छन् । भोजपुरमा ओली समुहकै कार्यकर्ता पनि माधव नेपाल समुहका राजेन्द्र राईलाई टिकट दिनुपर्ने पक्षमा लागेका थिए ।

माधव नेपालका विश्वास पात्रका रुपमा हेरिएका राईले टिकट पाउने निश्चित जस्तै भएपछि टिकट बाडफाँट कार्यदलमा रहेका एमाले नेताहरुकै जोडबलमा भोजपुर जिल्ला माओवादीलाई दिने सहमति भएको हो ।

२०७० सालको संबिधानसभा र २०७४ सालको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सिट बाडफाँट गर्ने सहमति दुई दलबिच भएको थियो । तर एमालेकै महासचिवको अगुवाईमा भोजपुर जस्तो उर्वरभूमि एमालेले गुमाउँदै गएको एमाले कार्यकर्ताको आरोप छ भने राजेन्द्र राई जस्ता शसक्त युवा नेता फेरि पनि अन्यायमा पर्ने देखिएको छ ।


क्लिकमान्डु