एनआरएनए निर्वाचनमा कसले कति मत पाए



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भए ।

सोमबार भएको निर्वाचनको मंगलबार बिहान आएको थियो । निर्वाचनमा जापानका भट्टले ११९७ मत ल्याएर विजय भएका हुन् । यस्तै अध्यक्षमा अष्ट्रेलियाकी जमुना गुरुङ ५८४ मत ल्याइन् ।

उपाध्यक्षमा जर्मनीका व्यवसायी कुमार पन्त तथा बेलायतका व्यवसायी कुल आचार्य निर्वाचित भए । पन्तले १०३० मत पाए भने आचार्यले ६४४ मत पाए ।

उपाध्यक्षका अन्य उम्मेद्वारमा सोनाम लामाले ४३६ एवं चिरिन्जीवि थापाले ३८०, खगेन्द्र जिसीले ३४९, रविना थापाले २६४ मत पाए। महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भइन् । १०५४ मत प्राप्त गरिन्। उनकी निकटम प्रतिद्वन्द्वी रन्जु थापाले ६३५ मत पाइन्।

महासचिवमा रसियाका डा।बद्री केसी ७६७ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी यमकुमार गुरुङ(त्रिलोक)ले ५३८ मत पाए।

महासचिवका अर्का प्रत्यासी अर्जुनकुमार श्रेष्ठले ३६४ मत ल्याएर पराजित भए। दुई सचिवका लागि भएको निर्वाचनमा डम्बर बहादुर क्षेत्री ६०६ र जानकी गुरुड ६५५ मत ल्याएर विजयी भएका छन्।

कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापाले १०३८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्विन्द्वी मुछेत्र गुरुडले ६५३ मत पाए। सहकोषध्यक्षमा सोम सापकोटाले १०२४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी चक्रबहादुर थापाले ५२६ मत पाए।

त्यसैगरी महिला संयोजकमा रजनी प्रधानले ९०२ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्वन्द्वी भोमा लिम्बुले ६७६ मत ल्याएकी छिन्। युवा संयोजकमा सुदन कुमार थापाले ४९७ मत ल्याएर विजयी भए। सोही पदमा उम्मेदवार बनेका लोक राज शर्माले ३०९ , स्वतन्त्र प्रताप शाहाले ४९०, र दिपक वलीले २७९ मत पाए।

त्यसैगरी क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशीले ११८ मत ल्याएर विजयी भएका छन्। उपसंयोजकमा नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन्। अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निर्विरोध निर्वाचित भइन्। युवा संयोजकमा डा। बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन्।

युरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवालले १४२ मत ल्याएर विजयी भएका छन्। दुई उपसंयोजक पदमा एकराज गिरीले १४४ मत र गोविन्द गौतमले २०४ मत ल्याएर विजयी भएका छन्। युरोपबाट महिला उपसंयोजकमा संगीता मरहठ्ठाले ३११ मत ल्यायी विजयी भइन्। यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन्।

ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा ईश्वर कुइँकेल र लोकनाथ पौडेलले १, १ मत पाएका थिए। गोला प्रथाबाट परिणाम घोषणा गरिने निर्वाचन आयोगले जानएको छ। महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भइन्। ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले १ ०४ मत ल्यायी विजयी भएका छन्।

एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापा १२९ मत ल्यायी विजयी भएका छन्। २ पदका लागि भएको उपसंयोजकमा विनाद कुँवरले १४५ र पारशमणि शर्माले एक सय ५३ मत ल्याएर विजयी भएका छन्। एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी परेन।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा।भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन्। महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुइँटेल निर्विरोध निर्वाचित भएका छन्।

मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्माले २६९ मत ल्याएर विजयी भएका छन्। उपसंयोजकमा गोपाल कँडेल र हंसराज ढकाल निविरोध निर्वाचित भए। महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन् भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका हुन्।

 


क्लिकमान्डु