बिटक्वाइन कारोबारको आरोपमा इसेवामाथि राष्ट्र बैंकको अनुसन्धान



काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको बिटक्वाइन कारोबार गराएको आरोपमा पेमेन्ट गर्ने कम्पनी इसेवामाथी अनुसन्धान सुरु भएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय ऐन अनुसार नेपालमा बिटक्वाइनको कारोबारलाई अवैध घोषणा गरेको थियो । बिटक्वाइन कारोबारको भुक्तानीको लागि इसेवाको प्रयोग भएको राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘राष्ट्र बैंकले अवैध भनेको क्षेत्रमा कारोबार गर्न मिल्दैन’,राष्ट्र बैंकले स्रोतले भन्यो,‘इसेवाले आफ्नो पेमेन्ट गेटवे मार्फत बिटक्वाइन खरिद र बिक्री गर्ने सुविधा दिएको देखिएको छ,हामी अनुसन्धान गर्दै छौ।’

इन्टरनेटमा आधारित पेमेन्ट सिस्टममा इसेवा लोकप्रिय छ । राष्ट्र बैंकले अनुसन्धान पछि के कस्तो कारवाही गर्ने भन्ने विषय पछि टुंगो लगाउने जनाएको छ ।


क्लिकमान्डु