मोटर बीमामा सिइओहरुले नै विकृती ल्याइरहेका छन्: चंकी क्षेत्री




काठमाडौं । संसारमै जनरल इन्स्योरेन्सको मुख्य हिस्सा मोटर बीमाको हुने गरेको छ । मोटर बीमा बीमाको प्रचार प्रसारको लागि सबैभन्दा उत्तम बिकल्पसमेत हो ।

सरकारले मोटर बीमामा तेस्रोपक्ष बीमा अनिर्वाय गरेपछि सबै सवारी साधनधनीले आफ्नो साधनको बीमा गर्नै पर्ने अबस्थाको सृजना भयो । तर, बीमा कम्पनीहरुको कारण अहिले सवारीधनीले बीमा लेख किनेको हो कि, सरकारी प्रक्रिया पुरा गरेको हो भन्ने थाहापाउँन सकिने अबस्था छैन ।

यसले बीमा क्षेत्रलाई घाटा नपुगेपनि यसबाट बीमा क्षेत्रले पाउनुपर्ने फाइदा लिन सकेको छैन । मुख्यतया यसबाट मानिसलाई बीमामा जोड्नु सक्नुपर्ने थियो । त्यसो गर्न सकिएको छैन ।

अहिले गाडी कम्पनीहरुले ल्याउने स्किममा आफ्नो कम्पनी पार्न कम्पनीहरुको बिचमा प्रतिस्प्रर्धा चलिरहेको छ । सबैले कमिशन धेरै दिएर व्यवसाय खोस्ने काम सुरु भएको छ ।

बीमा कम्पनी बिचको अस्वस्थ प्रतिशप्रर्धाले बीमा बुझेका मानिसलाई चकित बनाएको छ । बीमाको ज्ञान नै नभएका मानिसहरुलाई कमिसन दिएर बीमालेख बेच्न लगाउने गरिएको छ ।

समितिले बीमा एजेन्टको एउटा गाईड लाइन बनाएको छ । उसले बीमा समितिको ट्रेनिङ लिएको हुनुपर्ने, एसएलसी पास गरेको हुनुपर्ने आदी । यी कुनैपनि कुरा नगरेका मानिसको प्रयोग गरेर बीमा लेख बेचिएको छ । यो भन्दा अस्वस्थ अरु के हुन सक्छ ।

बसपार्कको बसको टिकट काउन्टर त व्यवस्थित छ भने, बीमा कम्पनीको पोलेसी बेच्ने ठाउँ अस्थ बेस्थ हुन सुहाउँछ ? कम्पनीका सिइओहरुले यसमा ध्यान दिनुपर्ने हो ।

आफ्नो कम्पनीको व्यवस्थापकीय जिम्मेवारी लिएर बसेको सिइओले नै नीति नियम बिर्षेर व्यवसाय बढाउनकै लागि जे पनि गर्ने परिपाटीले बीमा प्रतिको बिस्वसनियता बढाउँदैन । सिइओहरु कै कारण बीमा क्षेत्रमा विकृती आएको छ ।

यो समस्या जीवन बीमा कम्पनीहरुले समेत भोगिरहेका छन् । बैदेशिक रोजगारीमा जानेहरुले लिने बीमा लेखमा उहि समस्या रहेको छ । यी दुबैलाई सहिबाटोमा ल्याउन जरुरी छ ।

त्यसको लागि छुट्टै पुलको स्थापना गरेर काम गर्न सकियो भने, त्यसले बीमा कम्पनी खोज्दै आउने परिपाटीको विकास गराउँनेछ । जसको फाइदा समग्र बीमा क्षेत्रले लिन सक्ने छन् । अन्यथा बीमाको साख माथी लान निकै कठिन हुने छ । कुराकानीमा आधारित


क्लिकमान्डु