ग्याब्रिएलका सक एब्जर्बर र टायर नेपालमा उपलब्ध



काठमाडौ। सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनल ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका लागि आधिकारिक वितरक बनेका छन् । ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने भएका छन् ।

काठमाडौंमा च्यानल पार्टनर मिटको आयोजना गरी ग्याब्रिएल इन्डिया लिमिटेडका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा यसको घोषणा गरेका हुन् ।

सो अवसरमा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमाल तथा शिवम इन्टरनेसनलका सञ्चालक मनोज कोचरको समेत उपस्थिति थियो ।

कार्यक्रममा काठमाडौं उपत्यकामा पार्ट्स व्यवसायमा संलग्न व्यवसायीहरुको सहभागिता थियो ।

सो अवसरमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका साथै कम्पनी र यसका अन्य उत्पादनको वारेमा समेत जानकारी प्रदान गरिएको थियो ।

ग्याब्रिएल इन्डियाले टु ह्विलर, थ्री ह्लिर, प्यासेन्जर कार र कमर्सियल गाडीहरुको सक एब्जर्बर उत्पादन गर्दै आएको छ । त्यसैगरी ग्याब्रिएल इन्डियाले दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउदै आएको छ । छोटो समयमै यो टायरको भारतमा उच्च माग भएकाले नेपालमा समेत बिक्रीका लागि उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

आनन्द ग्रुप अन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका ३ सय भन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउदै आएको छ ।

भारतको पुनेलगायतका ७ स्थानमा यसका कारखाना रहेका छन् ।

ग्याब्रिएल इन्डियाले जापानको केवाईबी, स्पेनको केवाईबीएसई र यामाहा मोटर हाइड्रोलिक सिस्टम, जापानसँग पहिले देखि नै प्राविधिक सहकार्य गर्दै आएको छ । हालै कम्पनीले केओएनआई सक एब्जर्भरसँग टेक्नोलोजी लाइसेन्स एग्रिमेन्ट समेत गरेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु