एनसीसी बैंकले माग्यो ११४ कर्मचारी



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले ११४ जना कर्मचारी माग गरेको छ ।

बैंकले सहायक प्रवन्धक प्रवन्धक देखि तल्लो तहका कर्मचारी मागेको हो । बैंकले शाखा विस्तारमा जोड दिन लागेको हुँदा ठूलो संख्यामा कर्मचारी मागेको हो ।

बैंकले १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक, २० जना जुनियर सहायक र ३० जना जुनियर सहयकको लागि आवेदन मागेको छ ।

आवेदन कात्तिक १२ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । आवेदन रोलिङ जब मार्फत दिनुपर्ने छ ।


क्लिकमान्डु