टेल्साले यो वर्ष स्वास्थ्य स्थितिबारे जानकारी दिने १ लाख कार उत्पादन गर्ने



काठमाडौं । कार निर्माता कम्पनी टेल्साले तीन फरक लक्जरी सुविधा कार उत्पादन गर्ने भएको छ ।

कम्पनीले तीन मोडल एस, एक्स र एयूभी उत्पादन गर्ने छ । ती सबै कारहरु हालसम्मकै उच्च लक्जरी सुविधाका हुन् ।

कम्पनीले सन् २०१७ मा एक लाख नयाँ कार उत्पादन गर्ने लक्ष्य अगाडि सारेको थियो । कम्पनीले विभिन्न तीन नयाँ मोडलका कार उत्पादन गर्ने लक्ष्य राखेको हो । कम्पनीका अनुसार ‘टेल्साको नाम आफैमा काफी छ । कम्पनीले सधै बहुकार रणनीति अख्तियार गरेको छ ।’

नियन्त्रण कक्षमा आफ्नो अवस्था र अवस्थितीका बारेमा सिग्नल पठाउँछ र आफ्नो अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिन्छ ।

कम्पनीका अनुसार ‘कारको मूल मूल्य भनेको नै टेल्साका कार हुन् र ती सधै सुन्दर अझ उसैको भाषा भन्दा थप सुन्दर हुनु जरुरी छ ।’

प्रविधि र सौन्दर्यका हिसाबले पनि ती कार प्रभावकारी हुनुपर्छ, त्यो नै आफैमा उसको ब्राण्ड हो ।

यसका प्रयोगकर्ताले भनेका छन् , खासमा प्रविधि र सौन्दर्यको दाजोमा अरु पुग्नै सक्दैनन् ।

टेल्साका प्रमुख कार्यकारी अधिकृत एलोन मास्क भन्छन् ‘उत्पादन कक्षमा कम मूल्यका तेस्रो मोडल २६० वटा उत्पादन गरियो । तेस्रो चौमासमा १५०० बढी उत्पादन गरिने छ ।’ उनले थप अगाडि भने –‘यो सोच्न सजिलो छ कि टेल्सा कार हो र केवल कार मात्रै ।’

टेल्साले भनेको छ-तीन फरक फरक लक्जरी कार निर्माण गर्नु नै पहिलो कठिनाइ थियो । तर हामीले यसलाई सहज रुपमा लियौ र सफल पनि भयौं ।

कम्पनीले सन् २०१७ मा मात्रै १ लाख त्यस्ता कार उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य भेट्टाउन हामी प्रयासरत छौ ।

टेल्साका कारमा कसैले सोच्दै नसोचेको क्षमता समेत जडान हुने छ । त्यसले नियन्त्रण कक्षमा आफ्नो अवस्था र अवस्थितीका बारेमा सिग्नल पठाउँछ र आफ्नो अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिन्छ ।

यसले हामीलाई सवारी साधन उत्पादनको इतिहासमा एउटा महत्वपूर्ण अवसर पनि प्रदान गर्दछ । हामी सोहि समयमा विद्युतीय कार पनि बनाउन सक्छौ । हामी लामो यात्रामा छौ र बहुवाहन योजनामा विश्वास गछौं ।

टेल्सामा चढ्ने वित्तिकै कार निर्माताको हैसियतले पनि मलाई खुसी तुल्याँउने मास्क बताउँछन् ‘एक विश्वसनिय डिजाइन र त्यसको क्षमताको बारेमा पनि आफैलाई अद्भूत खुसी लाग्छ ।’

टेल्साले एक महत्वाकाक्षा पनि राखेको छ । महत्वाकाक्षाले नै हामीलाई आफ्नो परिचय दिएको छ । प्रयोग गर्नेले दिएको प्रतिक्रिया नै कम्पनीका लागि मार्ग दर्शन हो, प्रमुख कार्यकारी अधिकृत एलोन मास्क भन्छन्, ‘हामी एउटा अद्भूत प्रतिक्रियाको प्रतिक्षामा छौ । जुन काम हामी गरिरहेका छौ ।’ एजेन्सीको सहयोगमा


क्लिकमान्डु