६ करोड रुपैयाँ ठगेको आरोपमा एनआरएन पक्राउ



काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को सम्मेलनमा भाग लिन आएका जापानका एनआरएन अनुज थापा प्रक्राउ परेका छन् ।

उनी जापान एनआरएनका पूर्व महासचिव हुन् । उनले जापानी नागरिकलाई ६ करोड रुपैयाँ ठगेको आरोप छ ।

नेपालमा राम्रो विद्यालय खोल्ने भन्दै थापाले जापानी नागरिकसँग पैसा लिएर ठगेको आरोप छ ।

प्रहरीले उनलाई बिहीवार प्रक्राउ गरेको हो । शुक्रबार अदालतले थुनामा राख्नको लागि म्याद थप गरेको छ ।


क्लिकमान्डु