एनआरएनए ८ औं विश्व सम्मेलन सुरू



काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरू भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन ।

यो पटक अध्यक्ष पदमा अहिलेसम्म् ३ जनाले उम्मेदुवारी दिने घोषणा गरेका छनु । अहिलेका उपाध्यक्ष भवन भट्ट,आइसीसी सदस्य जमुना गुरुङ तथा पूर्व उपाध्यक्ष टिबी कार्कीले पनि उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

मुख्य प्रतिस्पर्धा भट्ट र गुरुङबीच हुने देखिन्छ । तर,सहमतिको लागि नेतृत्व चयन गर्ने पहल भने जारी रहेको एनआरएनए नेताहरुले बताउँदै आएका छन् ।


क्लिकमान्डु