विश्वका ६ खतरनाक विमानस्थल, सूचीमा नेपाली कुन विमानस्थल ?




काठमाडौं । विमानस्थल हर्वाइ जहाजलाई सुरक्षित अवतरण गर्नका लागि निर्माण गरिन्छ । हर्वाइ जहाज यातायातको साधान भएकाले सबै स्थानका विमानस्थल सुरक्षित हुन्छन् भन्ने छैन ।

धवानमार्गका आधारमा विमानस्थल कतिको सुरक्षित छ भन्ने निर्कोल गर्ने गरिन्छ । विमानस्थलका लम्बाई १८ सय मिटरदेखि २४ सय मिटरसम्मका हुने गरेका छन् । तर, विश्वका केहि खतरनाक विमानस्थलका लम्बाई ४ सय मिटर र पहाड र खाल्टोको बीचमा अवस्थित छन् ।

नेपालः तेनजिङ-हिलारी एयरर्पोट

नेपालको तेनजिङ-हिलारी एयरर्पोट खतरा र रोमान्चको अर्को नाम हो । हिमालका बीचमा अवस्थित एयरर्पोटको लम्बाई ४ सय ६० मिटर छ ।
यस एयरर्पोटमा सानो विमान र हेलीकप्टर अवतरण गर्ने गरिन्छ । रनवेको उत्तरमा पहाड र दक्षिणतर्फ ६ सय मिटर गहिरो खाल्डो छ । एक गल्तीले ठूलो क्षति निम्ताउन सक्नेछन् । सो एयरर्पोटबाट उठान र अवतरण गर्दा नयाँ जीवन पाइएको अनुभूति हुने यात्रीहरु बताउँछन् ।

स्कटल्याण्डः बार्ररा एयरर्पोट

संयुक्त राज्य बेलायतको स्कटल्याण्डको बार्ररा एयरर्पोट पनि विश्वको खतरनाक एयरर्पोटको सूचीमा छ ।
यो एयरर्पोट ट्रेग मोर समुद्री किनारमा अवस्थित छ । बार्ररा टापुमा अवस्थित एयरर्पोटको रनवे त्रिकोणीय आकारमा छ । विमानलाई बालुवामा अवतरण सहज गर्नका लागि काठको पुल बनाइएको छ ।

माल्दीप्सः माले एयरर्पोट

माल्दीप्सको माले इनटरनेशनल एयरर्पोटमा उडान गर्नका लागि पाइलटलाई निकै चुनौतीपूर्ण हुने गर्छ ।
यो संसारको एक मात्र यस्तो विमानस्थल हो, जुन समुद्री किनारबाट जम्मा २ मिटर उचाईमा छ । यस एयरर्पोटमा विमानको अवतरण र उडान पानीसँग हुन्छ ।

साबाः इरास्किन एयरर्पोट

क्यारेवियन साबाको इरास्किन एयरर्पोटको लम्बाई ३ सय ९६ मिटरको छ । तीनतर्फबाट समुद्रले घेरिएको छ भने अर्कोतर्फ पहाड छ । यो एयरर्पोट पहाडको टाकुरोमा अवस्थित छ ।

अमेरिकाः कोलोरेडो एयरर्पोट

अमेरिकाको कोलोरेडो एयरर्पोट २ हजर ७ सय ६७ मिटर उचाईमा छ । यो उत्तर अमेरिकाको सबैभन्दा उच्च स्थान निर्मित एयरर्पोट हो ।
एकतर्फी रनवे भएको एयरर्पोट रक्की पहाडको एक हिस्सामा निर्माण गरिएको छ । एयरर्पोटको सामूने ३ सय मिटर गहिरो सान मिगुल नदी बग्छ ।

हङकङः काई टाक एयरर्पोट

हङकङको काई टाट एकदमै खतरनाक एयरर्पोट थियो । अहिले यो एयरर्पोट प्रयोगमा छैन । तर, सन् १९२५ देखि १९९८ सम्म विमानहरुले अवतरण र उडान गर्ने गथ्ये ।

विमानस्थलको दुवैतर्फ अग्ला भवन थिए । अवतरण र उडानको समय झ्यालबाट सजिलै घरभित्रमा मानिस देख्न सकिन्थ्यो । साथै, ठूला विमानका लागि यसको रनवे सानो थियो । एजेन्सीको सहयोगमा 


क्लिकमान्डु