तिहार भन्दै बस्दा छुट्ला जागिर, खानेपानी व्यवस्थापन बोर्डले माग्यो २ दर्जन कर्मचारी




काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विभिन्न तहमा गरेर दुई दर्जनको जागिर खोलेको छ । बोर्डले प्रशासकिय अधिकृत १, लेखा अधिकृत १ कानून अधिकृत १, सिभिल इन्जिनियर ३ को लागि आवेदन मागेको छ ।

त्यस्तैगरी जिओटेक इन्जिनियर १, वातावरण इन्जिनियर १, इलेक्ट्रिकल इन्जिनियर १, केमिष्ट १ प्रशासन सहायक ३, सर्भेक्षक १, सव इन्जिनियर २, कम्प्युटर सहायक २ र कानून सहायक १ को लागि आवेदन माग गरेको हो ।

बोर्डले असोज २७ देखि ३० दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको छ । लोकसेवा आयोगले कार्मचारी भर्ना गर्न स्विकृत दिएपछि आवेदन माग गरिएको सूचनमा मार्फत जानकारी गराएको छ ।


क्लिकमान्डु