बीमा संस्थानले दिने भयो ४२ प्रतिशत बोनस सेयर



काठमाडौं । राष्ट्रि बीमा संस्थानले पुँजी वृद्धिको बिशेष प्रस्ताब साधारण सभामा पेश गर्ने भएको छ । २०६३/६४ मा कायम सेयर धनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर दिने प्रस्ताब साधारण सभामा हुने भएको हो ।

साथै संस्थानले २०६३/६४, ६४/६५ र ६५/६६ सालको बर्षिक प्रतिबेदन उपर छलफल गर्न साधारण सभा बोलाएको छ ।

संस्थानले कार्तिक १७ गते आफ्नै केन्द्रिय कार्यालयमा साधारण सभा बोलाएको छ ।

साधारण सभाले २०६६ सालसम्मको वासलात माथि छलफल गर्ने छ भने, बाँकी २०७१ सालसम्मको आर्थिक प्रतिबेदन बनाउने जिम्ममा दिने प्रस्ताब माथि छलफल गर्ने छ ।


क्लिकमान्डु