इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डको पीयू फुटवेयर बजारमा



काठमाडौं । एक्सन पोलिमर प्रालिले नेपाली बजारमा पहिलो पटक इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डका पीयू फुटवेयर सार्वजनिक गरेको छ । कम्पनीले बिहिवार एक कार्यक्रमका बीच नेपाली बजारमा मिलानो ब्राण्डका उत्पादनहरु उपलब्ध भएको जानकारी दिएको छ ।

एक्सन पोलिमर्सले पहिले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु उत्पादन गर्दै आएको थियो र अब भने दैनिक गतिबिधिमा उपयोग हुने मिलानो ब्राण्डका फुटवेयरको सबै श्रेणीहरु (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको जानकारी दिएको छ ।

मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको कम्पनीको दाबी छ ।

कार्यक्रममा एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको बताए ।

३० करोड रुपैयाँ लगानी भएको कम्पनीले पीयु स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्ने जनाएको छ ।


क्लिकमान्डु