यसकारण म एनआरएनएको अध्यक्ष बन्नु पर्योः जमुना गुरुङ




काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्ष पदमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । बिहिबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनले उम्मेदवारी घोषणा कार्यक्रममा आफैले संघको नेतृत्व सम्हाल्नु परेका विभिन्न कारण देखाएकी छन् । उनले एनआरएनएको नेतृत्वमा जानु पर्नाका कारण यस्तो बताएकी छन्ः

१. गैरआवाशीय नेपालीहरुको माग र अपैक्षलाई पुरा गर्न ।
२. गैरआवाशीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन ।
३. महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न ।
४. गैरआवाशीय नेपाली संघलाई सापेक्ष परिवर्तन र विकास गर्दै सामूहिक नेतृत्वको अवधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न ।
५. गैरआवाशीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्न ।
६. एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन ।
७. संस्थाको मार्गदर्शक दुष्टिकोण ‘भिजन २०२० एण्ड वियोण्ड’लाई सफल कार्यान्वयन गराउन ।
८. एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई सम्बृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न ।


९. नेपाल सरकारका विभिन्न निकाय, सरकारी एवं गैरसरकारी संस्थासँग संघले गरेको सम्झौलाई कार्यान्वयन गर्न ।
१०. वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकवर्गको हितमा बढि केन्द्रीत हुन ।
११. गैरआवासीय नेपाली संघको दिगो विकाशलाई सुनिश्चित गर्न ।


क्लिकमान्डु