एनआरएनएकोे अध्यक्षमा जमुना घलेले उम्मेदवारी दिने



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदमा अस्ट्रेलियामा ब्यबसाय गरिरहेकी जमुना घलेले उम्मेद्वारी दिने भएकी छन् ।

अहिलेको अन्तराष्ट्रिय समन्वयन समितिमा सदस्य रहेकी जमुना हालका अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।

हालका अध्यक्ष घलेको दुई कार्यकाल पुरा हुने भएको हुँदा उनी उम्मेद्वार हुन नपाउने विधानको व्यवस्था छ ।

घले निकटले उनकी श्रीमती जमुनालाई अध्यक्षमा अगाडि सानुपर्ने बताउँदै आएका थिए ।

यसमा घले दम्पत्तीले औपचारिक रुपमा केही नभनेपनि आज पत्रकार सम्मेलन गरेर अध्यक्षमा जमुना घलेको उम्मेद्वारी घोषणा हुने घले निकट स्रोतले जानकारी दियो ।

दुई कार्यकालमा शेष घलेले अगाडि सारेको योजनालाई थप कार्यान्वयनको लागि उनकी श्रीमती जमुनालाई उम्मेद्वारी दिन लागेको उनी निकट स्रोतले बतायो ।

एनआरएनएको अध्यक्षमा हालका उपाध्यक्ष भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् । यस्तै कतार बस्ने टिबी कार्कीले पनि अध्यक्षमा उम्मेद्वारी दिने बताएका छन् ।

जमुना घलेको अध्यक्षमा उम्मेद्वारी घोषणा पछि एनआरएएमा प्यानलगत प्रतिस्पर्धा हुने देखिएको छ ।


क्लिकमान्डु