दिदीको विवाहमा फुरेको आइडियाले यी युवती बनिन् करोडपति



विवाहमा खर्च कटौती निकै मुस्किल हुन्छ । बेहुला र बेहुली पक्षका व्यक्तिहरु खर्च कम गर्ने भनेपनि खर्च बढी भएर छाड्छ ।

एक पक्षले अर्को पक्षको अगाडि राम्रो देखाउनको लागि खर्च बढी गर्ने गर्छन् । यस्तै घटना जेनिफर हाइमनकी दिदीको विवाहमा पनि भएको थियो ।

हाइमनकी दिदीले विवाहमा महंगो कपडा किनिन् । जसले जेनिफरलाई बिजनेशको नयाँ आइडिया दियो र करोडपति बनाइदियो । उनको कारोबार वर्षमा १ अर्ब अमेरिकी डलरको हुने गरेको छ ।

आफ्नी दिदीको विवाहपछि जेनिफरले बुझिन् युवतीहरु विवाहमा महंगा कपडा खरिद गर्छन् । जसको उपयोग एक दिनको लागि मात्र हुन्छ ।

विवाहपछि दुलहीले विवाहको दिन लगाएको कपडा लगाउँदैन् । अत्यन्त महंगो रकम खर्च गरेर किनिएको कपडा एक दिनको लागि मात्र हुन्छ ।

जेनिफरले त्यही सोचले भाडाँमा कपडा लगाउन दिने कम्पनी खोल्ने सोचिन् । जसले दुलहीलाई उनीहरुलाई मनपर्ने डिजाइनमा कपडापनि मिल्यो त्यो पनि भाडामा ।

अर्थात एक दिन लगाउनको लागि महंगो रकम खर्च गर्नुपनि परेन ।
जेनिफर हाइमनले महिलालाई भाडाँमा कपडा लगाउन दिने सेवा कम्पनी खोलिन् ।

यसबाट महिलाले कुनैपनि ड्रेस पुरा पैसा दिएर खरिद गर्नुभन्दा कम पैसामा भाडामा लिएर लगाउन पाउने भए ।

यसबाट पैसा मात्र बचेन कम पैसामा फरक फरक खालका कपडा लगाउन पनि पाइने भयो ।

जेनिफरले भाडामा कपडा दिने कम्पनी रेन्ट दि रनवेको सुरुवात सन् २००८ मा गरेकी थिइन् । आज उनको कम्पनी १ अर्ब अमेरिकी डलरको भयो ।

दुनियाभरमा उनका ८० लाख ग्राहक छन् । कम्पनीमा १२ सय जनाले रोजगारी पाएका छन् । त्यही व्यवसायले उनलाई आज करोडपति बनाइदिएको छ । अर्बपति यात्रा उनले तय गर्न लागेकी छन् ।

अरु व्यवसायीको सफलता जस्तै जेनिफरले पनि व्यवसायमा सफलता सहजै प्राप्त नगरेको बताउछिन् ।

‘व्यवसायमा सफलता पाउन सुरुमा सजिलो हुँदैन’,उनले भनिन्,‘यसको लागि बजार पहिचान गर्ने क्षमता चाहिन्छ।’

उनले आफ्नो व्यवसायको सुरुवात बचत भएको पैसाबाट १०० जोर लुगा किनिन् ।

त्यसलाई भाडामा लगाएर सुरु गरिन् । विस्तारै ग्राहकहरु बढ्न थाले व्यवसायको आकारपनि बढ्न थाल्यो ।ऐजेन्सी


क्लिकमान्डु