रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ नचलाउने हल संचालकको चेतावनी, २ करोड लगानी संकटमा



काठमाडौं । हल संचालकहरुको संस्था नेपाल चलचित्र संघले चलचित्र रुद्रप्रिया नचलाउने चेतावनी दिएका छन् । हलमा र डिसहोमबाट एकै दिन चलचित्र प्रर्दशन गर्न लागेको भन्दै हलवालाले चलचित्र नदेखाउने बताएका हुन् ।

संघले हलमा लागेको ३ हप्तापछि मात्रै डिसहोमबाट चलचित्र देखाउन निर्मातालाई भनेका छन् । चलचित्र कार्तिक २ गतेदेखि प्रर्दशन हुने मिति तय गरिएको थियो ।

चलचित्र निर्माताले भने हल संचालकहरुको सिन्डिकेट ब्रेक गर्ने बताएकोे छ । निर्माण समुहले हल र टेलिभिजनमा एकैसाथ चलचित्र प्रदर्शनी गरेर हल व्यवसायीहरुको सिन्डिकेट ब्रेक गर्ने बताएको हो ।

‘चलचित्र निर्माणमा धेरै खर्च भईसकेको छ, त्यसैले कुनै पनि हालतमा तोकिएकै मितिमा तोकिएका माध्यमबाटै प्रदर्शन हुन्छ,’ थापाले भनिन् ।

निर्माता रमेश एमके पौडेलले जनताले छिटो छरितो सूचना लिन पाउने हक सुनिश्चित गर्नका लागि चलचित्रलाई एकैसाथ हल र टेलिभिजनमा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

‘नेपाली चलचित्रमाथि हल व्यवसायीहरुको सिन्डिकेट छ, यस्तो सिन्डिकेट तोड्नका लागि पहिलो पटक मैले जोखिम लिने आँट गरेको छु,’ निर्माता पौडेलले क्लिमाण्डूसँग भने ।

नेपालको सबै ठाउँमा हलको पहुँच छैन । चलचित्र हलमा मात्र प्रदर्शनी गर्दा जनताको छिटो सूचना पाउँने अधिकार हनन् हुन्छ भन्ने निर्माण पक्षको दाबी छ । जनताको सो अधिकार रक्षाका निम्ति हल र टेलिभिजनमा एकैसाथ चलचित्र प्रदर्शनी गर्न लागिएको उनले बताए ।

‘नेपाली चलचित्रमाथि हल व्यवसायीहरुको सिन्डिकेट छ, यस्तो सिन्डिकेट तोड्नका लागि पहिलो पटक मैले जोखिम लिने आँट गरेको छु,’ निर्माता पौडेलले क्लिमाण्डूसँग भने ।

हल संचालकहरुले ब्यवसायिक एकाधिकार कायम राख्न चलचित्र निर्माताहरुलाई चलचित्र पहिला हलमा मात्र प्रदर्शनी गर्न बाध्य पार्ने गरेका छन् । हलमा चलचित्र प्रर्दशन गरिएन भने लगानी नउठ्ने भ्रम निर्माताहरुमा छ । त्यो भ्रम चिर्नका लागि पनि कसै न कसैले जोखिम लिन आवश्यक भएको उनको भनाई छ ।

हल र टेलिभिजनमा एकैसाथ प्रर्दशनी भए पनि हल व्यवसायीहरुलाई घाटा नहुने उनको तर्क छ । हलमा चलेको चलचित्र दर्शकले काटेको टिकटको ५० प्रतिशत रकममात्रै निर्माताले पाउने गरेका छन् ।

सो चलचित्र बनाउन २ करोड रुपैयाँभन्दा धेरै खर्च लागेको निर्माता पौडेलले जानकारी दिए । नेपालमा बार्षिक २ सय भन्दा धेरै चलचित्र निर्माण हुने गरेका छन् । एउटा चलचित्र निर्माणमा ८० लाख रुपैयाँदेखि २ करोड ५० लाख रुपैयाँसम्म खर्च हुने गर्छ । एउटा फिल्म हल निर्माणमा १ करोड ५० लाख रुपैयाँसम्म खर्च हुनसक्छ । ढेड करोड रुपैयाँको लगानी गरेर बार्षिक अर्बौ रुपैयाँ लगानी गर्नेको सम्पत्ति माथि सिन्डिकेट जायज नभएको उनको भनाई छ ।

पहिला हलमा चलाएर मात्रै टेलिभिजनमा चलचित्र देखाउनुको आर्थिक कारण रहेको भन्दै यसो नगरी दुबै माध्यमबाट एकै पटक देखाउदा हल संचालक र चलचित्र निर्माता दुबै धराशायी हुने चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले दाबी गरे ।

‘टेलिभिजन वा विद्युतीय संचार माध्यमबाट चलचित्र प्रदर्शनी गर्दा निर्मातालाई क्षणिक फाइदा हुनसक्ला, कसैले कुनै निर्मातालाई धेरै पैसा दिएर चलचित्र किनेको होला, तर हलमा नचलाई चलचित्र चल्दैन, टेलिभिनमा आउने फिल्म हेर्न हलसम्म दर्शक आउँदैनन्, यसले दीर्घकालमा निर्मातालाई पनि नोक्सानी पुर्याउछ,’ उदयले भने ।

यदि कसैले टेलिभिजन र हलबाट एकैसाथ चलचित्र प्रदर्शन गर्न खोज्छ भने त्यो फिल्म हलमा नचल्ने उनले बताए ।

‘फिल्म हल हाम्रो सम्पति हो, हामीलाई ढुबाउने गरी कुनै चलचित्र प्रदर्शनी हुन्छ भने त्यसले हलमा स्थान पाउँने छैन,’ उनले भने ।

कसैले कुनै निर्मातालाई धेरै पैसा दिएर चलचित्र किनेको होला, तर हलमा नचलाई चलचित्र चल्दैन, टेलिभिनमा आउने फिल्म हेर्न हलसम्म दर्शक आउँदैनन्,’ उदयले भने ।

विदेशमा पनि कुनै पनि चलचित्र हल र विद्युतीय संचार माध्यमबाट प्रदर्शनी हुने गरेका छैनन् । एउटा ‘नेटफिल्क्स’ भन्ने वेवसाइट छ । त्यसबाट मात्र हलभन्दा अगाडि फिल्म प्रदर्शनी गरिन्छ । तर, नेटफिल्क्सले डिजिटलमाध्यबाट प्रदर्शनी गर्नका लागि आफै चलचित्र निर्माण गर्ने उनले जानकारी दिए ।

कुनै पनि चलचित्र निर्माण गर्नुभन्दा अगाडि निर्माताहरुले चलचित्र प्रदर्शनी भएको ३ वा ६ महिना अघि डिजिटल माध्यमबाट प्रदर्शन गर्न नपाउने सम्झौता गरिएको हुन्छ । जसले अहिले हल र डिजिटल माध्यमबाट एकसाथ प्रदर्शनी गर्ने बताएका छन्, उनीहरुले सो सम्झौता हेर्न नभ्याएको हुनसक्ने उनको बुझाई छ ।

चलचित्रकी नायिका रेखा थापाले रुद्रप्रिया हल र डिजिलट माध्यबाट एकैसाथ प्रदर्शनी हुने बताइन् ।

‘चलचित्र निर्माणमा धेरै खर्च भईसकेको छ, त्यसैले कुनै पनि हालतमा तोकिएकै मितिमा तोकिएका माध्यमबाटै प्रदर्शन हुन्छ,’ थापाले भनिन् ।


क्लिकमान्डु