एनआरएनएका उपाध्यक्ष र महासचिवका प्रत्यासी कांग्रेस प्रवेश



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न विश्व सम्मेलनमा उपाध्यक्ष र महासचिवका प्रत्यासी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अमेरिका कोर्डिअनेटर सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ कांग्रेस प्रवेश गरेका हुन् ।

लामा उपात्यक्ष र गुरुङ महासचिवका प्रत्यासी हुन् ।

लामा र गुरुङ लगायतलाई कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले टीका माला लगाएर स्वागत गरे ।

एनआरएनएका अध्यक्ष शेष घलेले अगाडि सारेको भिजन २०२० मा कुनैपनि राजनीतिक दलको सदस्य भएको व्यक्ति एनआरएनएको उम्मेद्वार बन्न नपाउने प्रस्ताव छ ।


क्लिकमान्डु