अदालतका शुब्बालाई घुस रकम सहित अख्तियारद्धारा प्रक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रे जिल्ला अदालत  काभ्रेमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्रीलाई घुस लिदालिदै प्रक्राउ गरेको छ ।

उनले सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले १ लाख २५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।


क्लिकमान्डु