गोपाल खड्कालाई काममा फर्कन सर्बोच्चको आदेश



काठमाडौं । सरकारले बर्खास्त गरेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्काउन सर्बोच्च अदालतले आदेश दिएको छ ।

सर्बोच्चका अदालतले खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।

खड्काले आफुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै सर्बोच्च अदालतमा असोज ४ गते रिट दायर गरेको थिए । दशैंको बिदापछि सर्बोच्च अदालत शुक्रबारदेखि खुलेको छ ।

आयल निगमको इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमिता गरेको भन्दै सरकारले उनलाई असोज २ गते मन्त्रीपरिषद्को बैठकबाट बर्खास्त गरेको थियो ।

भष्ट्रचारको मुद्दामा अख्यियारमा मुद्दा चलाउनुपर्ने भएपनि सरकारले बर्खास्त गरेको सर्बोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्ने आदेश दिने अनुमान धेरैको थियो ।

सर्बोच्चको अन्तरिम आदेश अनुसार खड्काले पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्न पाउने छन् ।


क्लिकमान्डु