आठ लाख रुपैयाँ बढी लगानीमा गाईपालन, दूध बेचेर मासिक ६० हजार आम्दानी



पाल्पा । रामपुर नगरपालिका –६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहेका छन् । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन शुरु गरेका हुन् ।

अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक ६० हजार रुपैयाँसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनी बताउँछन् । व्यवसायबाट दाम मात्र नभई समाजमा प्रतिष्ठा पनि कमाउएका छन् ।

आफूले पाएको सफलताबाट उनी निकै हर्षित छन् । दुई चार पैसा आवश्यक परेका बेला ऋण माग्न जाँदा नपत्याउनेका अगाडि अहिले साहसी महिला र सफल व्यवसाय बन्नेका छन् ।

‘पैसा भए सबै नभए कोही न कोही भनेझै आम्दानी हुन थालेपछि टाढिएका आफन्त साथीभाइ पनि नजिक हुन थालेका छन्,’ उनले भने ।

अहिले उनको फार्ममा झण्डै आठ लाख रुपैयाँ भन्दा बढी लगानी परेको छ । दूध बेच्ने र गाईको स्याहारसुसार गर्दै उनको दिन बित्ने गरेको छ ।

यही व्यवसायबाट उनको पाँचजना परिवारको गुजारा र दुई छोराको उच्च शिक्षा राम्रैसँग चलेको छ ।

उनको फार्ममा अहिले होलस्टिन र जर्सी जातका १० वटा गाई रहेका छन् । उनी दैनिक ३० देखि ४० लिटरसम्म दूध बिक्री गर्छन् ।


क्लिकमान्डु