यसो भन्दै सोनाम लामाले गरे एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा




काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले असोज २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने आठौं महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामाले आइतबार विज्ञप्ति प्रकासित गर्दै आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००८ देखि एनआरएनमा जोडिंदै आएका लामा विगत दुई दशकदेखि अमेरिकाका स्थायी बासिन्दा हुन् । मुस्ताङ्गमा जन्मिएका लामाले आफ्नै लगानीमा नेचुरल अर्गानिक फूड डिपार्टमेण्टल स्टोर अमेरिकाको विभिन्न शहरमा खोलेका छन् । उनले अर्गानिक फूड र होटल रेष्टुरेन्टमा लगानी गर्दै आएका छन् ।

संघको अन्र्तराष्ट्रिय समन्वय परिषदमा दुई दुई पटकसम्म काम गरिसकेका लामा क्षेत्रीय सहसंयोजक हुँदै हाल अमेरिका क्षेत्रको संयोजक पनि हुन् । संसारको सवैभन्दा अग्लो स्थान मुस्ताङ्गमा बुद्धमुर्तिस्थापना गर्ने अभियानमा जुटेका लामाले आपतकालिन कोष, विभिन्न अक्षयकोषलगायत बाढीपीडित र हाल भुकम्पपीडितका लागि लाप्राकमा नमुना बस्ती बनाउने अभियानमा जुटेका छन् ।

यस्तो छ सोनाम लामाको घोषणापत्र
सम्पूर्ण गैरआवासीय नेपाली संघका साथीहरु, मेरा अग्रज र अध्यक्षज्यूहरु । यस संघको आठौ महाधिवेशन यही अक्टोबर १४देखि १७ सम्म काठमाडौमा हुन गइरहेको अवस्थामा मैले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराउन चाहान्छु । आजको यो एनआरएनको अभियानमा यहाँसम्म आइपुग्दा आफूलाई उपाध्यक्ष पदमा प्रस्तुत गर्नपाउँदा खुशी लागेको छ । डा. उपेन्द्र महतोदेखि शेषघलेसम्म आइपुग्दा यससंघको गरिमामय छविलाई हृदयगम गर्दै अबका दिन पनि जिम्मेवारीपूर्वक कार्यगर्ने हेतुले यस अभियानमा जोडिएर अघि बढ्न पाएकोमा मलाई गर्बको अनुभूति भएको छ । मेरो सहकार्य ७८ देशमा रहेका सम्पूर्ण एनआरएन र आइसीसीसँग गर्दै देशका विभिन्न क्षेत्रमा भैपरी आउने परिघटनामा सामेल हुने रहर छ ।

१. संस्था र साथीहरुद्धारा अघिसारेका समाज कल्याण, देश राष्ट्रहितका कुनैपनि कार्यमा मेरो तनमन र धनलाई खर्चिनेछु ।

२. हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक नमुना बस्ती करिब करिब अन्तिम चरणमा छ । मैले पनि यो अभियानमा शुरुका दिनदेखि सेवा गर्ने मौका पाएको छु । बर्तमान अध्यक्षज्युसगसंगै हातमा हात मिलाउदै अब थोरै मात्र बाँकी रहेको काम पुरा गर्न म कुनै पनि मुल्यमा पछि हट्ने छैन ।

३. हामी सबैको सपना र नेपाल नेपाल बाहिर बस्ने नेपालीहरुको एकतालाई एकताबद्ध गर्दै जिम्मेवारी लिन चाहन्छु ।

४. भविष्यका लागि युवापुस्तालाई जोड्न हामीले हिजो भन्दा आज र भोलीका लागि फरक कार्यक्रम गर्दै हामी नभएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाई मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु ।

५. दक्ष जनशक्ति उत्पादन गर्ने अभियनमा जुट्दै युवाहरुलाई विदेश जाने वातावरणलाई बन्द गर्ने अभियानमा लाग्नेछु ।

हिजो जसरी देशमा परेको संकटमा सबैसँग काँधका काँध मिलाएर काम गरेको थिएँ । देशमा चलेको चर्को नाकाबन्दी होस वा भुकम्प पीडित साथै सप्तरीमा बाढीपीडित हरेक आइपर्ने संकटमा अवस्थामा राष्ट्र र नागरिकलागि सदैव खट्ने प्रण गर्दछु । यसैगरी यही खटाइलाई निरन्तरता दिन मेरो उम्मेदवारी आएको यहाँहरुसमक्ष जानकारी गराउन चाहान्छु । सम्पूर्ण गैरआवासीय नेपालीलगायत देशभित्रका सम्पूर्ण दाजुभाई दिदीवहिनीहरुमा अबको मेरो कार्यकाललाई सहयोग गरि सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । र एनआरएनप्रतिको मेरो कर्तव्य पूरा भएको विश्वास ठान्दछु । अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई एनआरएनले अघि सारेका हरेक परियोजनामा साथ भई विकासमा सहभागी हुन आग्रह गर्दै यही महिनामा नेपालमा हुने हाम्रो विश्व सम्मेलमा भेटने विश्वासका साथ विदा माग्दछु ।


क्लिकमान्डु