व्यवसायीलाई कांग्रेसको माया, एकै व्यक्तिलाई दुई क्षेत्रबाट प्रत्यक्ष चुनाब लड्न सिफारिस




काठमाडौं । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर २ ले आफ्नो उमेद्वारको सूचि केन्द्रमा सिफारीस गरेर पठाएको छ । जसमा व्यवसायी गुणनिधि तिवारीको नाम प्रदेश सभाको दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उमेद्वारको लागी सिफारीस भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ५ का अध्यक्षसमेत रहेका तिवारी नवलपरासी क्षेत्र नम्बर २ को क र ख दुबै क्षेत्रबाट प्रदेश सभा प्रत्येक्ष उमेद्वारको लागी सिफारीस भएका हुन् ।

प्रतिनिधि सभा सदस्य प्रत्येक्षको कोलागी उक्त क्षेत्रबाट देबेन्द्रराज कंडेल र बिक्रम खनालको नाम सिफारिस गरेकोे छ ।

प्रतिनिधि सभा समानुपातिक तर्फ भने ७ जनाको नाम सिफारीस गरिएको छ । जसमा रामचन्द्र मौर्य, पकलधारी गुप्ता, बिष्णु पौडेल, सुदामा दुबे, अयोध्याप्रसाद यादब, इन्द्रकला पोखरेल र सारदा ढकाल सिफारीस भएका छन् ।

प्रदेश सभा (निर्वाचन क्षेत्र २ क) बाट प्रत्यक्ष तर्फ ७ जनाको नाम सिफारीस गरेको छ । जसमा मोहन शर्मा, गुणनिधी तिवारी, अर्जुनकुमार पोखरेल, ऋसीराम पौडेल, टंकप्रसाद न्यौपाने, गिरिस चौधरी र नेत्र प्रसाद भट्टराई रहेका छन् ।

उक्त क्षेत्रले समानुपातिक तर्फ ३ जना अनिता शर्मा, मिठु केसी र रामबहादुर थापाललाई सिफारीस गरेको छ ।

प्रदेश सभा (निर्वाचन क्षेत्र २ ख) बाट प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारीस गरेको छ । जसमा बिक्रम यादब, संजय यादब, गुणनिधी तिवारी, राधेश्याम पाठक, बैजनाथ जैसवाल र रामशुभरा गुप्ता रहेका छन् ।

समानुपातिक क्षेत्र नम्बर २ ख मा भने १० जनाको नाम सिफारीस गरिएको छ ।


क्लिकमान्डु