एनआरएनए चुनाबी रौनकः अध्यक्षमा भट्टको मात्रै उम्मेदवारी, अरु पदमा को को छन् प्रत्यासी ?




काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) को चुनाबी सरगर्मी बढेको छ । असोज २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने एनआरएनएको ८औं बिश्व सम्मेलनबाट नयाँ नेतृत्व पनि चुनिने भएकोले नेतृत्व चाहने एनआरएनएहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको हो ।

अहिलेसम्म अध्यक्ष पदमा भवन भट्टले मात्रै उम्मेदवारी घोषण गरेका छन् । बर्तमान अध्यक्ष शेष घले समुहबाट पनि उम्मेदवारी दिने भनिए पनि अहिलेसम्म सो समुहबाट कसैले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

उपाध्यक्ष पदमा भने धेरै आकांक्षी देखिएका छन् । अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेकामध्ये कुमार पन्त, कुल आचार्य र सोनाम लामा बलिया प्रतिस्पर्धी देखिएका छन् । उपाध्यक्ष २ पदमा यी तीन जनामध्ये दुइले बाजी मार्ने अनुमान गरिएको छ ।

तर, उपाध्यक्ष पदमा थप ३ जनाले पनि इच्छा देखाएका छन् । एनआरएनएको उपाध्यक्ष बन्नको लागि उम्मेदवारी घोषणा गर्नेहरुमा खगेन्द्र जिसी, चिरन्जीबी थापा र पुष्प थापा पनि रहेका छन् ।

उपाध्यक्ष महिला पदमा २ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । सपिला राजभण्डारी र रन्जु थापा वाग्लेले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्नेहरुमध्ये रन्जु थापा वाग्ले अहिलेका एनआरएनएको प्रवक्ता पनि हुन् ।

महासचिब पदमा भने अहिलेसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा बर्तमान महासचिब बद्री केसी, त्रिलोक गुरुङ र अर्जुन श्रेष्ठ रहेका छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार सचिब २ पदमा अहिलेसम्म ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा महेन्द्र लामा, गणेश केसी, डिबी क्षेत्री र सन्तोष भट्टराई रहेका छन् ।

कोषध्यक्ष पदमा भने अहिलेसम्म २ जनाले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । हिक्मत थापा र मुछेत्र गुरुङले मात्रै कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यस्तै एनआरएनएको युथ संयोजकमा २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा अहिले जापानमा ब्यवसाय गरिरहेका सुदन थापा र डेनमार्कमा ब्यवसाय गरिरेहका अहिलेका सहसंयोजक लोकराज शर्मा रहेका छन् ।

युथ सहयोजकमा अहिलेसम्म सुदीप कार्कीले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । उनी दुबईमा ब्यवसाय गर्छन् ।

महिला संयोजकमा पनि २ जनाले नै उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए बेल्जियम महिला संयोजक रजनी प्रधान र अष्ट्रेलिया संयोजक भोमा लिम्बुले एनआरएनए महिला संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । युथ र महिला संयोजक एक एक जना निर्वाचित हुनेछन् ।


क्लिकमान्डु