डाउनलोड नगरी फ्रिमा यसरी हेर्न सकिन्छ चलचित्र




काठमाडौं । चलचित्र विश्वमा निकै ठुलो उद्योगको रुपमा विकास भएको छ । धेरै मानिसले यसलाई मनोरञ्जनको माध्यम बनाएका हुन्छन् । तर, थोरै मात्रलाई अनलाइनमा चलचित्र हेर्न पाइने साइटहरुको बारेमा थाहा होला ।

खासगरी नयाँ नयाँ र राम्रो प्रिन्टको चलचित्र हेर्न कुन साइटमा हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यदि तपाई थाहा छैन भने हामी तपार्इँलाई चलचित्र पाउने र हेर्ने उपाए बताउँदैछौँ । जसबाट तपार्इँ डाउनलोड नै नगरी चलचित्र हेर्न सक्नुहुनेछ ।

डाउनलोड नगरी अनलाइनमा चलचित्र हेरी मनोरञ्जन लिन चाहानुहुन्छ भने ROXPlayer सबैभन्दा राम्रो सफ्वेर हो । पहिला यसलाई डाउनलोड गरेर आफ्नो सिस्टममा इन्स्टल गर्नुस् ।

यसरी डाउनलोड नगरी अनलाइन मै आफुले चाहे जस्तो चलचित्र हेर्न सक्नु हुने छ 

१. पहिलो पटक ROXPlayer को प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा खोल्दा भिएलसी मिडिया प्लेयर जस्ता इन्टरफेस देख्न सक्नु हुनेछ ।

२. फाइलमा गइ ओपन टोरेन्ट अप्शनमा क्लिक गरी यसपछी Torrent Magnet Link अप्शनमा क्लिक गर्नु पर्छ ।

३. Torrent Magnet Link अप्शनमा क्लिक गर्नासाथ डायलग बक्स खुल्ने छ र Paste the link to the magnet URL भन्ने छ ।

४. म्यागनेटिक URL कतै टोरेन्ट साइट्समा भेटिन्छ । तपाई डाउलोड टोरेन्टको लिङ्कमा जानसाथ त्यसमा म्यागनेटको साइन बनेको पाइन्छ ।

५. म्याग्नेट लिङ्कको URL तपाईको ROXPlayer मा पेस्ट गर्नु पर्ने हुन्छ । त्यसपछि तपाईको टोरेन्ट फाइल खुल्न थाल्छ ।

६. केही सेकेन्डमा तपाई अन्य टोरेनट फाइल्स पनि देख्नुहुन्छ यसको मेन मुवीमा गएर क्लिक गर्नुहोस । ३/४ मिनटमा मूभी बफर हुनेछ ।

७. मुवीको बफरिग इन्टरनेटको स्पिडमा भर पर्ने हुन्छ । नेट जति फास्ट भयो त्यती नै छिटो मुवी खुल्ने छ ।


क्लिकमान्डु