स्कोडा कोडियाक सार्वजनिक, यस्ता छन् बिषेशता




एजेन्सी । स्कोडाले भारतमा ७ सिटको एसयूभी कोडियाक लञ्च गरेको छ । यसको मूल्य ३४ लाख ४९ हजार भारु तोकिएको छ ।

भारतमा हाल यो डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यो चार वटा कलर भेरिएन्टमा उपलब्ध हुनेछ । यद्यपि आगामी नोभेम्बरको पहिलो सातादेखि मात्र यसको डेलिभरी गरिने छ ।

नेपालमा समेत यसैवर्ष आउने छ । नेपालमा यसको मूल्य १ करोड २५ लाख रुपैयाँ भन्दा बढी पर्ने देखिएको छ ।

स्कोडा कोडियाकाले १६.२५ किलोमिटरको माइलेज दिने कम्पनीले बताएको छ । यसमा १९ इन्चको एलोई ह्विल छ ।

स्कोडा कोडियाकमा १९६८ सिसीको फोर सिलिन्डर टर्बो डिजेल इन्जिन छ । यसले १५० एचपी पावर र ३४० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यो स्कोडाको ७ सिटर एसयूभी हो, जुन भक्सवागन ग्रुपको ग्लोबल एमक्यूभी प्लेटफर्ममा निर्माण भएको छ । यही प्लेटफर्ममा आउडी क्यू७ र पोस्र्चे काएन पनि बनेका छन् ।

यसमा पेडल स्वाइप ओपन टेल गेट, अम्ब्रेला होल्डर्स, रिमुभेबल टर्च आदि फिचर उपलब्ध छन् । यसमा ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम पनि छ । त्यसैगरी एप्पल कार प्ले, गुगल एन्ड्रोइड अटो र मिरर लिंकको सपोर्ट गर्न सक्ने सुविधा समेत छ ।

भारतमा यसले एसयूभी सेगमेन्टका फोर्ड एन्डेभर, टोयोटा फर्चुनर र भक्सवगान टिगुआनलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।


क्लिकमान्डु