दुई मधेश केन्द्रित दल चुनावी तालमेलमा, अन्य दलसँग एकैसाथ छलफल गर्ने



फाइल फोटो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर २ मा दोस्रो र तेस्रो स्थानमा रहेका संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बिच प्रदेश र संसदको निर्वाचनमा चुनाबी तालमेल हुने भएको छ ।

दुबै दलको तर्फबाट आज संयुक्त बिज्ञप्ती जारी गर्दै गरिब, पिछडा, मधेसी, आदीबासी जनजातीको मागपुरा गर्न दुबैदल मिलेर चुनावमा जाने बताएका छन् ।

संयुक्त बिज्ञप्तीमा संघिय फोरमको तर्फबाट उपेन्द्र यादब र राजपाको तर्फबाट महन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

अन्य दलसँग चुनावी तालमेल गर्नुपरेपनि दुबैदलको समान धारणा बनाएर चुनावमा जाने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु