निशानको इलेक्ट्रिक कार, फुल चार्जगर्दा ४ सय किलोमिटर गुड्ने




एजेन्सी । जापानी कार निर्माता कम्पनी निसानले आफ्नो दोस्रो पुस्ताको कार ‘लिफ’ जापानी बजारमा उपलब्ध गराएको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा निसान लिफ कार सर्बाधिक लोकप्रिय छ । हाल यो कारमा थप परिवर्तन गरी अझै प्रभावकारी बनाइएको छ । हालसम्म यो कार २ लाख ८० हजार कार बिक्री भइसकेका छन् । त्यसैले पनि यो अर्को भर्सनको लिफ थप लोकप्रिय हुने अनुमान गरिएको छ ।

नयाँ पुस्ताको निसान लिफमा नयाँ डिजाइन र स्वचालित प्रविधि प्रयोग गरिएको छ । यसको एरोडाइनामिक्स डिजाइनलाई पनि थप सुधार गरिएको छ, जसका कारण ड्राइभिङ थप सहज हुन्छ ।

नयाँ निसान लिफको ब्याट्री क्षमता बढाइएको छ । कारमा ४० किलोवाट आवरको ब्याट्री छ । यसलाई फुल चार्ज गर्दा ४ सय किलोमिटर सम्म चलाउन सकिन्छ । यसले १४८ बीएचपी पावर र ३२० एनएम टर्क प्रदान गर्छ । यसको डिजाइन नयाँ निसान माइक्राबाट प्रभावित भएको बताइएको छ ।

 


क्लिकमान्डु