नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट लड्ने



रसुवा । नेपाली कांग्रेसका तर्फबाट रसुवा जिल्लाका लागी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा ईन्जिनियर मोहन आचार्यको नाम शिफारिस भएको छ ।

त्यसैगरि समानुपातिक तर्फ लामा कार्पू तामाडलाई सिफारिस गरिएको छ ।

प्रदेशतर्फ रसुवा जिल्लाको प्रदेश नंम्बर १ मा प्रत्यक्षतर्फ प्रभात लामा र समानुपातिकतर्फ ठाकुर देवकोटाको नाम सिफारिस भएको छ ।

प्रदेश नंम्बर २ मा प्रत्यक्षतर्फ जनकजिवन उपाघ्याय, लेखनाथ अघिकारी र बाल चन्द्र पौडेलको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई सिफारिस गरिएको छ । रसुवा जिल्लाको नेपाली कांग्रेसको सबै ईकाई समितिहरूको सिफारिसका आधारमा जिल्ला कार्यसमितिको बैठकले सर्बसम्वतरूपमा यस्तो निर्णय गरेको हो ।

फिलिपिन्सबाट सिभिल ईन्जिनियरिड डिग्री हासिल गरेका रसुवा जिल्लाको राजनीतिक पारिवारिक पृष्ठभूमी भएका मोहन आचार्य एक सफल व्यवसायी समेत हुन् ।


क्लिकमान्डु