एमालेले प्रदेश र संघको चुनावमा अन्य दलसँग तालमेल गर्ने



काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।

यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु