बिग बोस ‘सिजन ११’ को नयाँ घर यस्तो छ (फोटो फिचर)



काठमाडौं । भारतीय चर्चित टेलिभिजन शो बिग बोस आइतवार आजदेखि शुरु हुँदैछ । नेपालमा पनि यो टेलिभिजन शोका दर्शकहरु निकै रहेका छन् ।

रियालिटी शो बिग बोसमा चर्चित व्यक्तित्वहरुलाई एउटै घरमा करिब ३ महिनासम्म राखेर उनीहरुको गतिबिधिको आधारमा बिजेता घोषणा गरिने गरिन्छ । सो चर्चित भारतीय रियालिटी शो बिग बोसमा गत वर्ष नेपालबाट निकिता विश्वास सहभागी रहेकी थिईन् ।

तर उनी पहिलो चरणको भोटिंग बाटै बाहिर निस्किएकी थिईन् । बिकनी किलरको नाममा विश्वभर कुख्यात अपराधी चाल्र्स शोभराजको श्रीमतिको रुपमा उनलाई सो टेलिभिजन शोमा सहभागी गराईएको थियो ।

आजदेखि फेरी बिग बोसको नयाँ सिजन भारतीय टेलिभिजन च्यानल कलर्स मा शुरु हुँदैछ । जसको लागि यो पटक पनि फरक र विशेष किसिमको घर बनाईएको छ । के छ त बिग बोसको नयाँ घरको विशेषताहरु, हेरौं एक पटक ।

आजदेखि शुरु हुने रियालिटी शो बिग बोस हाउन कस्तो देखिन्छ, यसका सहभागीका साथै दर्शकहरुका लागि पनि उत्तिकै चाखलाग्दो हुने गरेको छ ।

यो पटक बिग बोसको घरमा यसअघिको जस्तै निकै परिवर्तनहरु गरिएका छन् । बिग बोस ११ को इन्टेरियरलाई भारतका चर्चित आर्ट डाइरेक्टर तथा फिल्म निर्देशक ओमंग कुमार तथा उनकी पत्नी वनीताले डिजाइन गरेका हुन् ।

बाहिर आएका जानकारीअनुसार ओमंग कुमारले बिग बोसको घरको आन्तरिक सजावट पप आर्ट थीममा आधारित भएर बनाएका छन् । यो घरलाई २०० जनाले केबल ५५ दिनमा नै तयार पारेका हुन् ।

बिग बोसको यो सिजनमा अन्डरग्राउण्ड जेल पनि रहेको चर्चामा आएको छ । यो पटक सजायको भागीदार हुने सहभागी प्रतियोगीहरुले सो जेलमा समय बिताउनुपर्नेछ । ओमंग कुमारले यो जेलको बारेमा जानकारी दिँदै निर्माताहरुले प्रतियोगीहरुलाई बेचैनी हुने किसिमको जेल बनाउन लगाएको बताए । यो जेलमा निकै फोहोरी अट्याच बाथरुम पनि निर्माण गरिएको छ ।

यो पटक पनि बिग बोसको घरमा जिम, ज्याकुजी, स्विमिंग पुललगायतको सुविधा राखिएको छ ।

बिग बोसको घरमा यो पटक एउटा छुट्टै गोप्य कोठा सीक्रेट रुम पनि निर्माण गरिएको छ । यो गोप्य कोठामा एविक्सनको रुपमा बाहिर भएका प्रतिगोगीहरुलाई छिमेकीको रुपमा रहने अवसर दिईनेछ ।

बिग बोस सिजन ११ को लागि तयार पारिएको घरमा कलरफुल इन्टेरियरका साथ साथै घरको कुना कुनामा आर्ट वर्कको झलक देख्न सकिनेछ ।
यो घरको बगैंचालाई पनि निकै आकर्षक रुपमा डिजाइन गरिएको छ । १९ हजार ५०० वर्गफीटमा फैलिएको बिग बोसको घरमा ४ हजार ५ सय वर्गफीटमा बगैंचा निर्माण गरिएको छ । यसमा ९० वटा क्यामराहरु जडान गरिएको छ । बिग बोसमा सहभागीहरुका लागि सुत्ने बेडरुमलाई ब्ल्याक एण्ड रेड कलर थीममा तयार पारिएको छ ।

यो पटक अभिनेता तथा शोका होस्ट सलमान खान पहिलो पटक बिग बोसको शोमा घरभित्र देख्न सकिनेछ । यसका साथै उनी सहभागी प्रतियोगीका साथमा पनि रहनेछन् ।

यो पटक बिग बोसमा डेटिंगको लागि पनि सुविधा दिने भएकोछ । यसअघि पनि कयौं कलाकारहरुको सम्बन्धको समाचार बाहिर आएको हुँदा यो पटक छुटै सिक्रेट डेटिंगको काम राखिएको छ ।

बिग बोस नेपाली समयअनुसार बेलुकी ९ः१५ बजेदेखि शुरु हुनेछ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु