थाई पूर्व प्रम सिनावात्राले ८ अर्ब डलर अनियमिता गरेको ठहर, अदालतले सुनायो ५ वर्ष जेल



बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ ।

उनमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ । अदालतले उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उनी अनुपस्थित थिइन् ।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।

उनले सो आयोजनामा गरेको अनियमितताबाट कम्तीमा पनि ८ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।

उनीमाथि यसअघिदेखि नै उक्त भ्रष्टाचार मद्दा जारी थियो । सोही मुद्दामा उनलाई दोषी ठहर गरिएको हो । उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थिइन् ।

सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएकी थिइन् । सोही निर्वाचनपछि उनी प्रधानमन्त्री बनेकी थिइन् । प्रनमन्त्रीमा चुनिएकी उनको लोकप्रियता निकै बढेको पनि त्यस समय बताइएको थियो ।

तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।

अदालतको सो आदेशपछि उनमाथि पछि महाभियोग लगाइएको थियो । सो महाभियोगपछि उनी स्वदेशमै रहेका बेला सेनाले सत्तापलट गरेको हो । त्यसपछि उनलाई केही समय घरमै नजरबन्द गरिएको थियो ।

उक्त चामल अनुदान परियोजनामा भ्रष्टचार भएको भन्ने सबै आरोपहरूको उनले भने अस्वीकार गर्दै आएकी छन् । उनले केही दिनअघि दिएको प्रतिक्रियामा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी थिइन ।


क्लिकमान्डु