नेपाल लाइफ बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ ।

न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७’ को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।

कम्पनीले गत आ.व. २०७३।०७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब ४ अर्ब २१ करोड भन्दा बढि हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब १२ अर्ब २२ करोड हासिल गरेको छ ।

कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।


क्लिकमान्डु