ज्योति लाइफको कारोबार सुरु



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले व्यवसायिक कारोबार सुरु गरेको छ ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले कम्पनीको उद्घाटन गरे ।

कम्पनीले पहिलो बाल जीवन बीमा गर्ने शुशान्त मैनालीलाई सम्मान गर्दै कारोबार सुरु गरेको छ ।

कम्पनीको उद्घाटन गर्दै समितिका अध्यक्ष चापागाईँले दुर्गम क्षेत्रमा जान आगह गरे ।

कम्पनीले बीमा समितिबाट तीनवटा योजना संचालन गर्न अनुमति पाएको छ । कम्पनीले टर्म लाइफ,म्यादी र सुनौलो भविष्य जीवन बीमा योजना सुरु गरेको छ ।

कम्पनीको अध्यक्षमा उद्योग वाणिज्य महासंघका पूर्व पशुपति मुरारका रहेका छन् ।


क्लिकमान्डु