दशैंको मस्तीमा भूल्दा सरकारी बैंकमा जागिर खाने अवसर छुट्ला नि !



काठमाडौं । दशैंमा रमाइलो गर्दा तपाईले वाणिज्य बैंकमा जागिर खाने अवसर त छुटाउनु भएको छैन । पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ५७१ जनाको आवेदन मागेको छ ।

बैंकले जारी गरेको सार्वजनिक सूचना अनुसार आवेदन भर्नको अनलाइन मार्फत भर्नुपर्ने छ । बैंकले ४ तहदेखि १० तहसम्म आवेदन मागेको हो । सबैभन्दा बढी २४६ जना आवेदन ४ तहको प्रशासनको लागि मागेको छ ।

बैंकले खुल्ला, महिला, आदिवासी जनजाती, मधेशी, अपांग तथा पिछडिएको क्षेत्रलाई कोटा छुट्टाएर आवेदन मागेको छ ।

वाणिज्य बैंकमा आवेदन दिन वाणिज्य बैंकको वेवसाइटमा गएर फर्म भर्नुपर्छ । आवेदन दिने समय कात्तिक ६ गतेसम्म तोकिएको छ ।

 


क्लिकमान्डु