सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

इन्स्योरेन्सको संचालक समितिको बैठकले हकप्रद सेयर बिक्री भएर कायम भएको चुक्ता पुँजीमा २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीको अहिले चुक्ता पुँजी ५३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पछि चुक्ता पुँजी ६३ करोड हुने छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि नगद लाभांशपनि दिने जनाएको छ ।


क्लिकमान्डु