प्रुन्डेन्सियल इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस सेयर



काठमाडौं । प्रुन्डेन्सिलय इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

इन्स्योरेन्सको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

४२ करोड चुक्ता पुँजी रहेको प्रुन्डेन्सियलको बोनसपछि चुक्ता पुँजी ५० करोड पुग्ने छ । प्रुन्डेन्सियलले हकप्रद सेयर पनि दिने निर्णय गरिसकेको छ ।

निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ ।


क्लिकमान्डु