यी हुन् ३ डाक्टरलाई हराउँदै मेयर जित्ने भाग्यमानी




काठमाडौं । राजनीति भनेको सम्भावनाको खेल हो । निर्वाचनमा कसले कति खेर कसरी विजय हासिल गर्छ भन्ने थाहा नै हुँदैन । जनताको मत नै सबैभन्दा ठूलो विजयको आधार हो ।

राजनीतिमा राम्रोसँग अध्ययन नगरेकाले पनि जित्नसक्छ । राम्रोसँग पढेका र डक्टरेट गरेका समेत निर्वाचनमा पराजित हुन सक्छन् । यस्तै भएको छ सिराहाको सदरमुकाम समेत रहेको सिराहा नगरपालिकामा ।

स्नातक मात्रै गरेका संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले घघडान तीन डाक्टरलाई पराजित गरेर विजय हासिल गरेपछि राजनीति अपार सम्भावनाको खेल हो भन्ने पुस्टि मात्रै भएको छैन । धेरै पढेका र डक्टरेट गरेका समेत जनताको अगाडि केही पनि होइनन् भन्ने समेत देखाइदिएको छ ।

डाक्टरहरुलाई पराजित गर्ने संघीय समाजवादी फोरमका उम्मेदवार अशेस्वरप्रसाद यादवको शैक्षिक योग्यता स्नातक मात्रै हो । तर, उनले डाक्टरत्रय नविन यादव, सुवास यादव र डा दिलिप दासलाई पराजित गरिदिएका छन् । उनी यसअघि पनि सो नगरपालिकाको मेयर रहिसकेका व्यक्ती हुन् ।

नविन यादव नेकपा(एमाले)का तर्फबाट उम्मेदवार थिए भने सुवास नेपाली काँग्रेस र दास नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार थिए ।

एमालेका तर्फबाट उम्मेदवार बनेको यादव नविन मेडिकल चलाउँछन्, उनले एमबिबिएस गरेका छन् । काँग्रेसका उम्मेदवार सुवास पनि सिराहामा मेडिल चलाउँछन् । उनी काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् ।

अर्का उम्मेदवार गोप सिराहा अस्पतालको सेवाबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् ।

निर्वाचन आयोगकाअनुसार विजयी संघीय समाजवादी फोरमका उम्मेदवार अशेस्वरप्रसादले ९ हजार २३४ मत ल्याएर विजयी भए भने नविनले ९ हजार ६३ मत ल्याए ।   झण्डै ७ सय मत कम ल्याएर सितादेवी यादवका छोरा सुवासले तेस्रो स्थानमा चित्त बुझाए ।

उपमेयरमा भने एमालेका उम्मेदवार डा नमिता यादव विजयी भइन् । सिराहाको यो चुनावी परिणामलाई असाध्यै महत्वका साथ हेरिएको छ ।


पुष्प दुलाल