समिति अध्यक्ष भन्छन् : कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा नगर्नुस्



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईँले नयाँ कम्पनीहरुलाई कर्मचारी तान्न अस्वस्त प्रतिस्पर्धा नगर्न चेतावती दिएका छन् ।

पुराना कम्पनीबाट धेरै कर्मचारीहरु तानेर ल्याउने गरेको गुनासो आएकाले नयाँ कम्पनीहरुले नयाँ जनशक्ती ल्याउनु उनको भनाई छ ।

नयाँ आएको जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्सको औपचारिक सुभारम्भ गर्दै अध्यक्ष चापागाँईले नयाँ जनशक्ति तयार पार्ने काम नयाँ कम्पनीको बढी हुने धारणा राखे ।

‘नेपालमा पढेलेखेका युवाहरु धेरै बेरोजगार रहेकाले केही रोजगारी सृजना होस् र बीमाको बजार बिस्तारमा सहयोग पुगोस् भनेर नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो,’ अध्यक्ष चापागाईँले भने ।

 

बीमा समितिले आफ्नो भूमिकालाई सशक्त बनाउन नयाँ जनशक्ती थप्ने प्रक्रिया अगाडी बढाएको दाबी गर्दै उनले कम्पनीहरुले अबको २ बर्ष भित्र बीमाको बजार १०० प्रतिशतले वृद्धी गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा ब्राण्ड एम्बेस्डरको रुपमा उपस्थित भएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आफुहरुले सन नेपालको प्रचार प्रसारमा कुनै कमी हुन नदिने बताए ।
कम्पनीका अध्यक्ष अनुज कयालले बीमीतको हितमा कुनै सम्झौता नगर्ने बताउँदै देशका हरेक कुनामा सेवा दिन कम्पनी तयार रहेको धारणा राखेका थिए ।


क्लिकमान्डु