बिजि मलको दशैं तिहार उपहार योजना, मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर



काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ ।

चाडपर्वका बेला ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज २ गतेदेखि योजना सुरु गरेको हो ।

फ्यान्टास्टिक दशैं तिहार हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने मलले जानकारी दियो ।

यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् ।

त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्नेछन् ।
बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ ।

यो उपहार योजना कात्तिक २५ गतेसम्म सञ्चालन हुने मलले जनाएको छ ।


क्लिकमान्डु