सामसङ्ग डिजिटल प्लाजा अब बौद्ध–चुच्चेपाटिमा



काठमाडौँ। सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा संचालनमा ल्याएको छ ।

सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटि काठमाडौँमा खोलिएको कम्पनीले जानकारी दियो ।

हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले सो शोरुमको उद्घाटन गरे ।

सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कभ्र्ड टिभीहरु, एलईडी टिभीहरु, मोबाइल फोनहरु, रेफ्रिजेरेटरहरु, वासिंग मेसिनहरु, र माइक्रोवेभ ओभनहरु लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ ।

काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ ।

‘ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध–चुच्चेपाटिमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ हिम इलेक्ट्रोनिक्स प्रा.लिका निर्देशक सीमा गोल्छाले भनिन् ।

नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु