एउटै नगरपालिकाको मेयरमा कांग्रेसबाट ससुरा र उपमेयरमा एमालेबाट बुहारीले चुनाब जिते



काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा ससुराबुहारी मेयर र उपमेयरमा निर्वाचित भएका छन् । तर, उनीहरुको पार्टी भने फरक फरक छ ।

नगरपालिकाको मेयरमा ९७८० मत ल्याई नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् भने उपमेयरमा भने चौधरीकै बुहारी रामरती चौधरी विजयी भएकी छिन् । एमालेबाट उम्मेद्वार बनेकी चौधरीले ९९१६ मत ल्याएकी छिन् ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने एमालेले ३ वटा वडा जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा जितेको छ ।


पुष्प दुलाल