तातोपानीमा कुरा नमिलेपछि अन्य नाकाको बिषयमा सहमति भएन



काठमाडौं । तातोपानी नाका खुलाउने वा नखुलाउने भन्ने विषमया पूर्ण सहमति हुन नसक्दा र नेपाल र चीनका उच्च अधिकारीबीच हुने भनेको थप नाका खुलाउने सम्बन्धी सम्झौता(प्रोटोकलमा)मा हस्ताक्षर हुन सकेन ।

काठमाडौँमा बुधबार नेपाल र चीनका उच्च अधिकारीबीच उत्तरी १२ नाका खुलाउने विषयमा छलफल भएको थियो तर छलफल निष्कर्षमा भने पुग्न नसकेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

छलफल निरन्तर जारी राख्नेमा भने चिनियाँ अधिकारी सहमत भएका छन् । चिनियाँ अधिकारीले तातोपानी नाकबाट चिन विरोधी गतिविधि भएको बताउने गरेका छन् । सुरक्षाको हिसाबले तातोपानी नाका खुलाउने बारेमा चिनियाँ अधिकारी सहमत नदेखिएको बताइन्छ । उनीहरु सो नाका बन्द गर्ने पक्षमा देखिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

तर, नेपालका लागि तातोपानी नाका नै उत्तम विकल्प रहेको छ । रसुवागढी केरुङ मार्ग साघुरो रहेकाले नेपालले पटक पटक सोही नाकाको सम्बन्धमा जोड दिदै आएको छ । चिनियाँ अधिकारीले नाका खुलाउने विषयमा प्रष्ट जवाफ नदिएपनि छलफल जारी राख्ने वचन दिएका छन् ।

नेपाल र चीन जोड्ने थप १२ सडक खुलाउने सम्बन्धमा छलफल गर्न १३ सदस्यीय उच्चस्तरीय चिनियाँ अधिकारी मंगलबार नै नेपाल आएका थिए ।

छलफलपछि सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएपनि थप छलफल जरुरी रहेको भन्दै सम्झौता हस्ताक्षर भएन ।

१७ सदस्य रहेको नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गरेका थिए । टोलीमा गृह, अर्थ, वाणिज्य, पराराष्ट्र र कानुन मन्त्रालयका सहसचिव सहभागी थिए ।

भूकम्पपछि अवरुद्ध भएको खासा नाका खुलाउने बारे पनि चिनियाँ टोलीसँग छलफल भयो तर निष्कर्ष निस्कन सकेन , बैठकमा सहभागी एक नेपाली सदस्यले भने ।

नेपाल र चीनबिच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्बन्धी सम्झौता भएको थियो ।

दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी थियो तर थप छलफल आवश्य देखियो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले भने ।

‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा देखिएको छ । नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ। तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला मात्रै हुन् । अन्य प्राकृतिक र परम्परागत नाका व्यवस्थापन गर्ने विषयमा पटक पटक छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।


क्लिकमान्डु