पाको मोबाइल बजारको उपहार योजना, बम्परमा अपाचे आरटिआर १६० बाईक



काठमाडौं । मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको मुटुमा रहेको पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजनाअन्तर्गत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकहरुलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने जानकारी दिएको छ ।

मोबाइल खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा प्राप्त गर्ने बताईएको छ ।

त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकहरुलाई ३ वटा माउन्टेन बाईक र एक/एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिनेछ । विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोनहरु पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिने कम्पनीले जानकारी दियो ।

यहि असोज ४ गते बुधवारदेखि शुरु हुने यो योजना छठसम्म संचालन हुनेछ । यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको नगद छुट समेत पाउनेछन् ।

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना सफलरुपमा संचालन गर्नका लागि शिवराज खड्का, श्रीराज महर्जन र महेन्द्र शाहिको संयोजकत्वमा कमिटी गठन गरिएको बजारले जानकारी दियो ।

योजना सार्वजनिक गर्दै पाको मोबाइल बजारका तीनै जना संयोजकहरुले अन्य कम्प्लेक्सहरुमा भन्दा सूपथ मूल्यमा ग्राहकहरुले पाको मोबाइल बजारमा गुणस्तरीय मोबाइल किन्न सक्ने बताए ।

पाको मोबाइल बजारले संचालन गर्ने यो योजना दशैं, तिहार तथा छठको शुभ उपलक्ष्यमा सबैभन्दा धेरै अनि ठुलो र पक्कै पर्ने विभिन्न आकर्षक उपहारहरु पाको मोबाइल बजारमा मात्र सिमित रहने बजारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु